Logo कार्तिक ९, २०७७ आइतबार


६ घण्टामा ७ दुर्घटना : ७ को मृत्यु, ४२ घाइते

काठमाडौं । करिब ६ घन्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ को मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् ।

बुधबार १५ः२० बजेदेखि साँझ २०ः५० बजेसम्मको सो अवधिमा सिन्धुपाल्चोक, मोरङ, बाग्लुङ, म्याग्दी, धनुषा, रामेछाप, सर्लाही र नवलपरासी (पुर्व) मा ती दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो ।

सिन्धुपाल्चोककाे बलेफीस्थित बलेफी बजारमा बा ३ ख९३४ नम्बरको बसले बा ७२ प ९०३४ नम्बरको स्कुटरलाई ठक्करदिँदा स्कुटर चालक बलेफी बजारमा सुन पसल गरी बस्ने बाह्रबिसे घुम्थाङका २५ वर्षीय विजय प्रधानको घटनास्थालमै मृत्यु भएको हो । बस खाडीचौरबाट बलेफीतर्फ जाँदै गरेको थियो । दुर्घटनाको बिषयलाई लिएर मृतकका आफन्तले बाटो अवरोध गर्नुका साथै प्रहरीको गाडीमा ढुङ्गामुढागर्दा ११ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । ढुङ्गामुढाप्रहार गर्ने ४ जना र बस चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढिगंगा बासबारीमा को १ क १५६५ नम्बरको ट्रकले को १ ज २२७७ नम्बरको भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार सुनसरी इटहरी बस्ने ५७ वर्षीय देव प्रसाद अधिकारीको मृत्यु भएको छ । भ्यानका चालक सुनसरी चतराका २६ वर्षीय जिवना खड्का समेत ११ जना घाइते भएका छन् । घाइतेहरुको बिएमसिअस्पताल गंगा चोकमा उपचार भइरहेको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङकाे निसीखोला धुँवाखोरमा गुडिरहेको लु १ च ६७५२ नम्बरको पिकअप भ्यानबाट खसेर सोही ठाउँ बस्ने खीम बहादुर सुनारको १२ वर्षीय छोरा लक्षु सुनारको मृत्यु भएको छ । भ्यान झिवाखोलाबाट बुर्तिबाङतर्फ जाँदै गरेको थियो । दुर्घटनामा घाइते भएका भ्यानमा सवार खेमलाल सुनारको १२ वर्षीय छोरा बिष्णु सुनारको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दीको बेनी नेप्टेचौरमा बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको नगराईन तीनगाछियामा ना ३ ख २९८६ नम्बरको बसले ज ९ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत मधुवनी बस्ने ४० वर्षीय सुरेन्द्र यादवको मृत्यु भएको छ । उक्त बस नगराईनबाट जनकपुरतर्फ जाँदै गरेको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जनकपुर अंचल अस्पतालमा उपचारको भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछापको मन्थली पुरानोगाउँमा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक खाँडादेवीबस्ने २३ वर्षीय लोप्साङ लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानोगाउँ बस्ने खड्क बहादुर श्रेष्ठको १२ वर्षीय छोरा चोक कुमार श्रेष्ठको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

सर्लाहीको हरिवन मुसलमान टोलमा ना ३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान बस्ने शेख मेराजु बिनको १६ वर्षीय छोरा शेख खुस्बु बिनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागिवीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् । साथै नवलपरासी (पुर्व) बिनयीत्रिबेणी ज्यमिरेमा ना ४ ख ४९७६ नम्बरको ट्रकले ना ६ ख ४८०८ नम्बर र ना ५ ख ३८७१ नम्बरका ट्रकलाई ठक्कर दिँदा ना ४ ख ४९७६ नम्बरको ट्रक र ना ५ ख ३८७१ नम्बरको ट्रकका सहचालक गरी २ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएका स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।