Nic

‘दलाल पुँजीवादसँग सहकार्य गरे नेकपा सकिन्छ’

लेखनाथ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा जुझारु युवा नेता । द्वन्द्वमा माओवादी निकट अनेरास्ववियु(क्रान्तिकारी)को अध्यक्ष हुनुहुन्थ्योे उहाँ । लामो समय विद्यार्थी संगठनको नेतृत्व गर्नुभएका न्यौपाने पार्टीभित्र तार्किक र प्रखर वक्ता मानिनु हुन्छ । पछिल्लो समय उहाँ राजनीतिसँगै पुस्तक लेखनमा पनि सक्रिय हुनुहुन्छ । प्रस्तुत छ उहाँले जनता समाचार डटकमका नरेश न्यौपानेसँग गर्नुभएको संक्षिप्त वार्तालाप :

लामो समयदेखि रोकिएको पार्टी एकता जिल्ला कमिटी नेतृत्व घोषणा गरेर टुंगियो भनिएको छ, के यो एकताका लागि प्रयाप्त छ ?

यो प्रर्याप्त छैन । किनभने एकदमै विलम्बपछि यो निर्णय भएको हो । राजनीतिक जीवनमा दिनप्रतिदिन व्यस्तता बढाउनुपर्ने बेलामा एकवर्ष यस्तो अवस्था हुनु विडम्वनापूर्ण छ । नेता कार्यकर्तालाई स्पष्ट जिम्मेवारी तोक्न नसक्दा पार्टी गतिविधि ठप्प छन् । तर यसरी पार्टीको गतिविधि रोकिएको अवस्थामा जति प्रतिगामी भएपनि जिल्ला नेतृत्व टुंग्याइएको छ । यसले पार्टीमा थोरै भए पनि उत्साह ल्याएको देखिन्छ । तर जिल्ला नेतृत्वको भागबण्डा पनि गतवर्ष पार्टी एकताकै दिन घोषणा गरिदिएको भए त्यसले अझै उत्साह ल्याउँथ्यो । वास्तवमा केन्द्रको एकतासँगै टुंग्याउनुपर्ने विषय हो यो । तत्कालीन माओवादी र एमालेको भागमा परेका जिल्लाको नेतृत्व भागबन्डा गर्नु थियो भने यति ढिलो गर्नु आवश्यक थिएन । त्यसकारण थप केही गर्न नसकेपछि गरिएको बाध्यकारी निर्णय हो यो ।

कसरी एकता अगाडि बढाउन सकिन्थ्यो, तपाइँको विचारमा ?

मैले विलम्ब किन भनेको हो भने, म जस्ता ४ सय ४१ जनामा ९ जना सचिवालयका नेता बाहेक सबै एक वर्षसम्म पाटी जिम्मेवारी विहीन हुने, आफ्नो तरिकाले पहलकदमी लिन नपाउने, पार्टीको प्रतिनिधित्व गरेर कतै गतिविधि गर्न नपाउने जस्तो पीडा र अनुत्पादक विषय अरु के होला ? दोस्रो एकतामा सबै भन्दा पहिला केन्द्रीय समिति टुंग्याइयो, त्यो ठिकै हो । तर केन्द्रीय समिति सँगसँगै जनवर्गीय संगठनको एकता टुंग्याएको भए तिनका गतिविधिले पार्टीलाई धेरै सहयोग गर्थे । तेस्रो केन्द्रीय समिति सदस्यको कार्यविभाजन तोक्न ढिलाई भएको छ । कसले के जिम्मेवारी पाउने भन्ने एकीन गरिदिएको भए केन्द्रीय सदस्यलाई आफ्नो जिम्मेवारीमै केन्द्रित हुन सहज हुन्थ्यो । उनीहरु आफ्नो जिम्मेवारी अनुसार लाग्थे । पार्टी विरोधीसँग पौँठेजोरी गर्दै मैदानमा जुध्न पनि सजिलो हुन्थ्यो । तर अहिले त विरोधी जनताकाबीचमा आफ्ना गतिविधि गरेका गर्यै छन् । तर त्यसलाई चिर्न हाम्रो पार्टीको उपस्थिति छैन । केन्द्रीय सदस्यहरु पार्टीको जिम्मेवारी बिना जनताबीच कसरी जाने ? र कसरी काम गर्ने ?


एकताका बेला हामीले विचार, संगठन र विधिलाई कत्तिको महत्व दियोैँ ? भन्ने सवालबाट हेर्नुपर्छ । हामीले नेता तथा कार्यकर्ताको व्यवस्थापनमा बढी ध्यान केन्द्रित गर्ने भन्दा पार्टीको कार्यदिशा कस्तो हुने भन्नेमा जोड दिनुपथ्र्यो । विचार र सिद्धान्त बारे छलफल गर्नुपथ्र्यो


तपाईँले भने जस्तै एकतामा यसरी विलम्ब हुनुको खास कारण चाँहि के हो ?

यसमा मैले मुख्य चार कारण देखेको छु । पार्टी एकतामा हामीले जुन विधि अवलम्बन गर्यौँ, त्यसकाे स्वभाविक प्रतिक्रिया हो, आजको अवस्था । त्यसैले एकताका बेला हामीले विचार, संगठन र विधिलाई कत्तिको महत्व दियोैँ ? भन्ने सवालबाट हेर्नुपर्छ । हामीले नेता तथा कार्यकर्ताको व्यवस्थापनमा बढी ध्यान केन्द्रित गर्ने भन्दा पार्टीको कार्यदिशा कस्तो हुने भन्नेमा जोड दिनुपथ्र्यो । विचार र सिद्धान्त बारे छलफल गर्नुपथ्र्यो । हामीले केही नेताको व्यवस्थापनमा मात्रै बढी जोड दियौं तर विचार, सिद्धान्त र संगठनबारे संवेदनशील भएनौं । दोस्रो, राजनीति आफ्नो मूल्यबाट च्युत भयो । यसको अन्तरवस्तुमा विचलन आयो । सेवाभावको राजनीतिबाट हामी विमुख हुँदै गइरहेका छौँ । प्राप्तिको डरलाग्दो आशक्तिले सबैलाई पद नै चाहिने बनायो । यो हाम्रो पार्टीमा पनि देखियो र विलम्व भयो । त्यस्तै, विभिन्न गुट चलाएर बसेका विघटित एमाले र माओवादीका समूहको प्रतिनिधित्व कसरी गराउने ? भन्ने विषय पनि फलामको च्युराजस्तो भएको छ । यस्तै विविध कारणले एकता ढिलो भयो भन्ने मेरो बुझाई छ ।

तपाईँले व्यवहारिक विषय उठाउनुभयो, विचारको पक्षमा चाँहि आजको सत्तारुढ नेकपा कहाँ छ ?

आज हाम्रो पार्टी हामीले आफैले बनाएको विधानमा उल्लेख गरेअनुसारको श्रमिक, सर्वहारावर्गको नेतृत्व र प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति छ की छैन ? भन्ने विषयमा पो बहस गर्नुपर्ने भएको छ त । विधानमा हो भन्ने छ, तर हाम्रो पार्टीको शिरदेखि पैतालासम्मको सोच्ने तरिका, हाम्रा अभिव्यक्ति, भेटघाट र सम्बन्ध हेर्दा पार्टी सर्वहारा र श्रमिकवर्गको प्रतिनिधित्व गर्ने चरित्रबाट दिनप्रतिदिन स्खलित भइरहेको छ । पार्टीले प्रतिनिधित्व गर्ने आजको वर्ग कुन हो ? यसबारे बढी बहस तथा छलफल गर्नुपर्ने भएको छ त्यसको निक्र्यौल गर्नुपर्छ । पार्टीकाे डकुमेन्टमा छ तर हाम्रो व्यवहारमा प्रष्ट पार्नुपर्नेछ । यदि नेकपा सर्वहारा श्रमिकहरुकै पार्टी हो भने दलाल पुजीवादसँग लड्ने तरिका के हो ? त्योसँग हामी सहकार्य गर्छौँ या लड्छौँ ? प्रष्ट पार्न जरुरी छ । दलाल पुंजीवादसँग हामी लड्छौं, हामी कम्युनिष्ट रहन्छौं । तर त्योसँग सहकार्य गर्छौं, हाम्रो पार्टी बुज्रुवा बन्छ र सकिन्छ ।

प्रसंग बदलौं, पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ, एकताकै सन्दर्भमा वा पार्टीको कुन क्षेत्रमा के भूमिका निर्वाह गरिरहनुभएको छ ?

एकतामा मेरो भूमिका केही पनि छैन । पार्टीको केन्द्रिय सदस्यका नाताले मेरो कुनै संस्थागत भूमिका छैन । तर कम्युनिष्ट पार्टीको सदस्य भएका नाताले यसको मूल्य मान्यता, नैतिकता र आदर्शका आधारमा आफ्नै तरिकाले सक्रियता जारी राख्ने र जनता तथा कार्यकर्ताकाबीचमा उत्साह थप्ने कुरामा म निरन्तर लागि नै रहेको छु । यो मैले व्यक्तिगत ढंगले गरिरहेको विषय हो । तर संस्थागत हिसाबले ममात्रै होइन मजस्ता थुप्रै साथिहरु यो सन्दर्भमा अनविज्ञ हुनुहुन्छ । सुझाव दिने, निर्णय गर्ने र छलफल गर्ने कुनै काममा पनि मेरो संलग्नता छैन ।

हाम्रो पार्टीको शिरदेखि पैतालासम्मको सोच्ने तरिका, हाम्रा अभिव्यक्ति, भेटघाट र सम्बन्ध हेर्दा पार्टी सर्वहारा र श्रमिकवर्गको प्रतिनिधित्व गर्ने चरित्रबाट दिनप्रतिदिन स्खलित भइरहेको छ । पार्टीले प्रतिनिधित्व गर्ने आजको वर्ग कुन हो ? यसबारे बढी बहस तथा छलफल गर्नुपर्ने भएको छ त्यसको निक्र्यौल गर्नुपर्छ ।

त्यसबारे युवा नेताहरूले पार्टीमा हस्तक्षेप बढाउनुपर्दैन ?

जिम्मेवारीमा नहुँदा संरचनागत छलफल हुँदैनन् । उदाहरणका लागि प्रदेश कमिटी बन्दा नेतृत्व र अन्य जिम्मेवारीमा कस कसलाई ल्याउने भन्नेमा छलफल गर्दा एउटा संरचनाको माग हुन्छ । जब संरचनागत जिम्मेवारी हुँदैन तव भूमिका देखाउन सकिँदैन । यदि पार्टीको संरचनाभित्र छिरेर काम गर्ने मलाई अनुमति छैन भने मैले के काम गर्न सक्छु ? आज पार्टीमा कसैलाई भूमिका माग्ने र दिने अधिकार नहुँदा अधिकांश नेता काम विहीन भएका छन् । जिम्मेवारी नभएपछि औपचारिक संरचनामा पस्न पाइँदैन । तथापि म पार्टीको जिम्मेवार सदस्य भएकाले एकतामा भएका राम्रा पक्षलाई जनताबीच लैजाने र सुधार्नुपर्ने पक्षलाई पार्टीमा राख्ने प्रयत्न गरिरहेको छु ।

केही महिनाअघि नेकपाका २१ नेताले पार्टी र नेतृत्व सच्चिनुपर्यो भन्दै आवाज उठाएका थिए र त्यसले केही तरंग पनि ल्याएको थियो । यस्ता हस्तक्षेपमा तपाइँको सहभागिता देखिदैन नि ?

त्यो विषयसँग व्यक्तिगत हिसाबमा म अनविज्ञ छैन । केन्द्रीय समितिले निर्णय नगर्ने तर त्यहाँबाट हुनुपर्ने निर्णय बाहिरबाट हुने गरेको परिवेशमा त्यो जायज पनि थियो । तर यस्ता अभ्यास पार्टीभित्र विभिन्न समूहका अभिव्यक्तिका रुपमा आउने गरेका छन् । बिघटित एमालेमा माओवादीको भन्दा अझ धेरै यस्ता अभ्यास भइरहन्थे । पहिलो, बिघटित माओवादी केन्द्रमा यस्तो अभ्यास नहुने हुनाले पनि मलाई रोक्यो होला । दोस्रो, एकता माथिदेखि तलसम्म नटुंगिएको र मनोविज्ञानबीच समन्वय नहुँदै यस्ता खालका गतिविधि गर्ने हो भने त्यसले तत्काल नै पार्टीमा नकारात्मक प्रभाव परेर गलत समीकरण नबनुन् भन्नेमा म सचेत छु । यद्यपि पार्टीलाई सच्याउने त्यस्ता गतिविधिमा मेरो समर्थन हुन्छ नै ।

सरकारले समाजवादको आधार तयार गर्ने गरी काम भइरहेको बताउँदै आएको छ, के सरकारको अहिलेकै शैलीले मुलुक समाजवाद सम्म पुग्ला ?

वामपन्थी सरकार भएकै कारण वा हामीले जुन वर्गको प्रतिनिधित्व गर्ने भनेर मत ल्यायौं, यो कोणबाट हेर्दा सरकारसँग जनताका अपेक्षा असाध्यै धेरै देखिन्छन् । गैरवामपन्थीहरुको अभ्यासबाट आजित भएका जनताले हामीबाट यस्तो अपेक्षा गर्नु स्वभाविक पनि हो । तर यो चुलिएको अपेक्षा अनुसार सरकारले कुनै छाँटकाँट नै देखाएको छैन । ०४८ सालपछिका अन्य सरकारले जुन तरिकाबाट काम गर्थे त्यो भन्दा यसले नयाँ बाटो समात्न सकेन । काम गर्ने, सोच्ने, अपेक्षा र परिणामका हिसाबले नयाँपन केही पनि आएको छैन । यसका दुई कारण छन् । ति हुन्, साेच्ने र काम गर्ने तरिकामा परिवर्तन नआउनु ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।