Nic

प्रियंकाको गेटअप देखेपछि आमाले भनिन्, ‘छेउमा भएको भए…’

काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले ‘गेट माला २०१९’मा लगाएको पहिरनका कारण अहिले उनको व्यापक चर्चा भइरहेको छ ।

उनले एकदमै भद्दा मेकअपमा सिल्भर–पेस्टल गाउन लगाएकी थिइन् । उनको यो गेटअपको अहिले विश्वभर चर्चा भइरहेको छ । उनको तस्बिरलाई लिएर उनी ट्रोलको सिकार भएकी छिन् ।

अब प्रियंकाकी आमाले पनि उनको गेटअप हेरेपछि प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘यति टाढाबाट के प्रतिक्रिया दिनु् ? मेरो छेउमा भएको भए अंकमाल गर्थे, त्यो ड्रेसमा प्रियंका एकदमै सुन्दर र विशेष देखिएकी थिइन्, प्रियंकको फोटो देखेर मैले उनलाई फोन गरेको थिएँ ।’

प्रियंकाकी आमा मधु चोपडाको यो जवाफले ट्रोल गर्नेहरुको पनि मुख थुनिएको छ । उक्त फोटो सार्वजनिन भएपछि प्रियंकाको गेटअप र मेकअपको बारेमा खुब ट्रोल गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।