Nic

पनेरुको ‘सेतो याक’ जेठ ३ मा सार्वजनिक हुँदै

काठमाडौं । सहसचिव केदार पनेरुको औपन्यासिक कृति ‘सोतो याक’ सार्वजनिक हुने भएको छ ।

सरकारी प्रशासकका रुपमा अब्बल दर्जामा आफ्नो नाम स्थापित गराएका पनेरु साहित्यमार्फत पनि आफ्नो अलग परिचय थप्दैछन् ।

विभिन्न सरकारी कार्यालयहरुको नेतृत्व लिएर कार्य गर्नु भएका पनेरुले २०७२ को विनाशकारी गोर्खा भुकम्पले थिलथिलो बनाएको रसुवाको भन्सार कार्यालयमा काम गर्दा आफूले देखेका र भोगेका अविस्मरणीय घटनाहरुलाई शब्दमा उतारेर उपन्यासको रुपमा पाठकसमक्ष प्रस्तुत गर्न लाग्नुभएको हो ।

एकवर्ष लगाएर लेखिएको ‘सेताे याक’ मा रसुवा जिल्ला, लाङटाङमा भुकम्पको प्रभाव, नेपाल र चीनबीचको नाकामा हुने यौन सम्बन्ध, विदेशी पर्यटक र नेपाली पथप्रदर्शकहरुको अवस्था लगायतका विषय समेटिएका छन् ।

जेठ ३ गते महेन्द्र पुलिस क्लबमा हुने कृति विमोचन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गर्नु हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।