गण्डकी र ट्रेडर्स सेमिफाइनलमा

भगीरथ भण्डारी
इलाम ।
इलाम आमन्त्रित् पुरुष नक आउट भलिबल प्रतियोगितामा शुक्रबार भएका दुई खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड विजयी हुँदै सेपिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा गण्डकी प्रदेशले चन्द्रगढी भलिबल क्लब झापालाई सोझो सेटमा १०–२५, १३–३५ र १०–२५ अङ्कले पराजित गरेको थियो । खेलमा गण्डकी प्रदेशका हरि पाण्डे म्यान अफ् दि म्याच घोषित भएका थिए । दोस्रो खेलमा विर्तामोडले त्रिवेणी युवा क्लबलाई २५–१४, २५–१५ र २५–१८ को सोझो सेटमा पराजित गरेको थियो । यो खेलमा आकाश घोष म्यान अफ् दि म्याच घोषित भए ।

सेमिफाइनलका दुई खेल शनिबार हुनेछ ।

जिल्ला भलिबल संघको आयोजनामा भएको यस प्रतियोगितामा विजयी प्रथम हुने समूहलाई नगद एक लाख ५१ हजार र दोस्रो हुने समूहलाई ८१ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।