‘मेलम्ची ल्याउन कठोर कदम’


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छोड्ने बताउनुभएको छ ।

केही व्यक्तिहरु काठमाडौंमा मेलम्चीको पानी ल्याउन नदिन लागिपरेको बताउँदै दाहालले भन्नुभयो, ‘आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेरै भएपनि काठमाडौंमा मेलम्चीको पानी ल्याइन्छ ।’

‘म प्रधानमन्त्री भएको बेला मेलम्चीको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्चीको पानी काठमाडौं पुग्न अझै एक दुई वर्ष लाग्न सक्छ भनेका थिए’ दाहालले भन्नुुभयो, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा कुनै शंका छैन तर विगतको अनुभवलाई हेर्दा बलियो हात र कठोर कदम नचलाई मेलम्चीको पानी काठमाडौं ल्याउन गाह्रो देखिन्छ ।’

अध्यक्ष दाहालले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गर्दै भन्नुभयाे, ‘यो एक किसिमको रोग जस्तै भएपनि हामी यसलाई दृडतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौं ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…