काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
शुक्रबार जनतासमाचार डटकममा ‘उत्कृष्ट जवाफकासाथ अनुष्काले पहिरिन् मिस नेपालको ताज’ हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त, शिशु अस्पताल छाड्ने पूर्व सभासद् अनशनमा लगायतका राजनीतिक, सामाजिक, आर्थिक, मनोरञ्जन र खेल सम्बन्धि समाचार प्रकाशित भए ।
कान्तिपुर दैनिकले अपांग भनेर भर्ना अस्वीकार शीर्षकमा समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ । समाचारमा ६ वर्षीय बालक रविन परियार शारीरिक रुपमा अशक्त हुँदा विदयालयले भर्ना नलिएको विषय उठान गरिएको छ । कास्की छोरेपाटनस्थितका रविन पढ्ने चाहाना हुँदा हुँदै पनि विद्यालयले भर्ना अस्वीकार गर्दा घरमै बस्न बाध्य भएका छन् । यस्तै, सबै विमान खरिदमा त्रुटि, प्रधानमन्त्रीको ‘असंसदीय शब्द’ हटाउन निर्देशन,महानगरपालिकामाथि प्राधिकरणको मुद्दा शीर्षकमा समाचार पहिलो पृष्ठमै छ ।
नागरिक दैनिकले प्रधानमन्त्रीको बोली असंसदीय ठहर अभिलेखबाट हटाइयो शीर्षकमा समाचार छापेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा ‘निम्छरो’ शब्द प्रयोग गर्नुभएको थियो । यस्तै, दाहाल दम्पतीको वर्षगाँठ, व्यवसायी श्रेष्ठको घरमा भोज, अझै तुइनकै भरमा शीर्षकमा समाचार पहिलो पृष्ठमा छापिएको छ ।
भद्रगोल कूटनीति शीर्षकमा अन्नपूर्ण पोस्ट् दैनिकले समाचार प्रकाशति गरेको छ ।
परराष्ट्र मन्त्रालयले युरोप–अमेरिका महाशाखाले विदेस्थित १० दूतावास र ८३ मुलुक हेर्दै आएको छ । अमेरिका, क्यानडा, दक्षिण अमेरिक,युरोपका सबै दूतावास यही महाशाखाअन्तर्गत पर्छन् ।
भूगोलका आधारमा महाशाखा विभाजन गरिएको हुन्छ । यसलाई बलियो नबनाउँदा कूटनीतिक अवस्था भद्रगोल देखिएको समाचारमा उल्लेख छ । यस्तै सय वर्षको चटारो शीर्षकमा समाचार पनि छ ।
अवैध शरणर्थीको केन्द्र बन्दै नेपाल शीर्षकमा नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । नेपालको भिसा नीति उदार छ, सिमाना खुल्ला छ । यही कम्जोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजार भन्दा बढी अवैध शरणार्थी नेपालमा जम्म भइसकेका छन् ।
यस्तै, प्रधानमन्त्री बोलेको अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो, मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्यँताउन दूतावास नै सक्रिय शीर्षका समाचार पहिलो पृष्ठमा प्रकाशित छन् ।
तररकारी विषादी जाँच्ने निकाय नै बिरामी शीर्षकमा गोरखापत्र दैनिकले समाचार छापेको छ । समाचारका अनुसार तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको छ भनेर जाँच गर्ने संयन्त्र भरपर्दो छैन ।
देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण एकाइ सञ्चालनमा ल्याएपनि काम भने भने जस्तो हुन सकेको छैन ।