Nic

२० जनालाई नइ पुरस्कार

काठमाडाैं । भाषा, साहित्य तथा संस्कृतिमा योगदान पुर्याएका २० स्रस्टा सम्मानित भएका छन् । देश तथा विदेशबाट नेपाली भाषा र साहित्यमा सक्रिय स्रस्टाहरुलाई नइ प्रकाशनले पुरस्कृत गरेको हो ।

नई प्रकाशनको सबैभन्दा ठुलो दुई लाख राशीको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ बाट भारतका १०१ वर्षीय हाइमनदास राई ‘किरात’ र ८६ वर्षीय डा. लक्खीदेवी सुन्दास पुरस्कृत हुनुभएको हो । यसैगरि ‘कीर्तिनिधि पुरस्कार’ बाट नेकपा मालेका महासचिव सिपी मैनाली पुरस्कृत हुनुभएको छ । नइ प्रकाशनका अन्य विभिन्न विधाका पुरस्कारहरुबाट २० साहित्यकारहरुलाई पुरस्कृत गरिएको छ ।

स्रस्टाहरुलाई पुरस्कार प्रदान गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नइ प्रकाशनले अन्तराष्ट्रिय देखि चिचिलासम्मका पुरस्कार प्रदान गरेर नमुना काम गरेको बताउनुभयो । कार्यक्रममा जोशीले समृद्द नेपाल निर्माणका लागि भाषा, साहित्य र संस्कृतिको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

बैशाख ३० गते १०० वर्ष प्रवेश गर्न लाग्नुभएका जोशीले आफुले शताब्दी पुरुष लेख्न नमानेको तर नइ प्रकाशनका नरेन्द्रराज प्रसाइँको जोडले आफुमा उर्जा थपिएको बताउनुभएको थियो । जोशीले भन्नुभयो, ९५ वर्षको उमेरमा फोक्सोमा पानी जमेकोले आफुलाई सय वर्ष बाँच्छु जस्तो लागेको थिएन, तर प्रसाइँले शताब्दी पुरुष नै लेखेर पुस्तक लेखेपछि आफुमा बाँच्ने आशा जाग्यो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।