Nic

तीन मोटरसाइकल ठोक्किँदा गुरुङको मृत्यु

अनिल यादव

नवलपरासी । पश्चिम नवलपरासीमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वार्ड नं. १२ कसिया (शान्तिचौर) मा आज विहान १० बजेको सयममा तीनवटा मोटरसाईकल एकआपसमा ठोक्किँदा मृत्यु भएको हो ।

दुर्घटनामा पूर्वी नवलपरासीको कावासोती ३ बस्ने वर्ष २८ का डम्बर बहादु गुरुङ्गको मृत्यु भएको हो । ना २९ प ५६४७ नम्बरको पल्सर मोटरसाईकल, ना ३२ प ९०१३ नम्बरको सुजुकी मोटराईकल र लु ३५ प ३४०१ नम्बर प्लेटको स्कुटर एकआपसमा ठोक्किएपछि गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै ना ३२ प ९०१३ सुजुकी मोटरसाईकल चालक बर्दघाट नगरपालिका १० बस्ने कासी यादव रहेको छन् । प्रहरीले यादवलाई दुर्घटनाको विषयमा सोधपुछ गर्नको लागि नियन्त्रणमा लिएको छ भने स्कुटी चालक बाटो मै छोडेर गएपछि स्कुटीलाई पनि नियन्त्रणमा लिएको जिप्रका नवलपरासीले जनाएको छ 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– पैसाको अभाव हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।वृष– कृषिबाट लाभ मिल्नेछ । काम छिटो बन्नेछ ।मिथुन– राजनीतिक फाइदा आउनेछ । पहिचान…