शनिबार बोधिसत्वप्राप्त तपस्वी स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तकको लोकार्पण समारोहमा म पनि उपस्थित थिएँ । पुस्तक लोकार्पण समारोहमा समकालीन नेपाली समाजका मूर्धन्य विचारक र लेखक वक्ताका रुपमा आमन्त्रित थिए । पुस्तक पुष्पपत्रले थालीमा छोपिएको थियो । विद्वानहरुले पुष्प पन्छाएर पुस्तक लोकापर्ण गरे । स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक ‘अचम्म जो मैले देखेँ’ हात पर्यो ।
तपोवनमा जे हुन्छ अचम्म हुन्छ । अचम्म हुनु स्वभाविक पनि हो । किनकी धर्तीको त्यो सानो टुक्रामा लौकिक भन्दा अलौकिक संसारको चाहना गर्नेहरुको जमघट छ । तपोवन पारलौकिक मधुशााला पनि भनिन्छ र त्यहाँ पियक्कड समबुद्धहरुको जमघट छ । त्यसो त तपोवनमा अचम्म भइरहन्छ । ‘अचम्म जो मैले देखेँ’ लोकापर्ण समारोहमा उपस्थित मैले एउटा अचम्म देँखे । स्वामी आनन्द अरुणको पुस्तकमाथि दृष्टिकोण राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आमन्त्रित हुनुभएको थियो । नारायणकाजी श्रेष्ठ अपरिचित नाम होइन । श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकताकेन्द्रका महासचिव, माओवादीसँगको पार्टी एकीकरण पश्चात पनि शीर्ष नेता ,संसद, सभासद्, परराष्ट्र मन्त्री र अहिले पनि नेकपाका प्रवक्ता । श्रेष्ठ प्रखर माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादका अध्येता मात्र होइन वेत्ता नै हुनुहुन्छ ।
पुस्तकमाथि प्रकाश पार्न उभिउनु भएका श्रेष्ठले बोल्ने क्रममा पार्टी सचिवालयभित्रको भेद खुलाउनु भयो । उहाँले सुनाउनु भयो–‘मैले पार्टी सचिवालयभित्र सन्यासको कुरा गर्दा कमरेड प्रचण्डले भन्नुभयो, ‘तपाईं त योगी भएर वन पस्नु हुन्छ कि भनेर शंका लाग्छ । मैले भने हामी योगी र सन्यासी नै हौँ । किनकी कम्युनिष्ट व्यक्तिगत सम्पति संग्रहको मोहबाट मुक्त र कम्युनमा बस्न राजी हुनैपर्छ । यहाँनेर तपोवनबासी र मबीच कमन प्वाइन्ट छ । एकात्मक हुने स्थान छ । अहिलेसम्म म भौतिकवादमै अडिग छु पछि के हुन्छ थाहा छैन ।’
श्रेष्ठको भनाईले सबै गलल् हासे । ताली बर्सियो । हाँसोले हल गुन्जियो । नारायणकाजीलाई पछि के हुन्छ थाहा छैन तर तपोवनका अलौकिक मदमस्त सन्यासीले थाहा पाए । उहाको द्वन्द्वात्मक भौतिकवादप्रतिको निष्ठा धर्मराउँदैछ । उहाँ छिट्टै तपोवनबासी बन्नुहुन्छ । कमन प्वाइन्ट भेटिएपछि फेस सेभिङको अहंकार धेरैवेर टिक्दैन ।
ओशो जीवित छँदै एक सभ्रान्त वर्गकी महिला उनको प्रवचन सुन्न पुगेकी थिइन् । प्रवचन सुनेर उनले भनिन् , ‘भगवान हजुरको प्रवचनले मलाई मुग्ध बनायो । म पनि सन्यास लिन चाहन्छु तर एउटा अडचन छ ।’ मेरो दराजमा करिव सयवटा महगो सारी छन् । सन्यास लिएपछि ती सारी बेकारमा खेर जान्छन् । त्यसकारण पहिला म ती सुबै सारी फटउँछु अनि मात्र सन्यास लिन आउँछु ।
श्रेष्ठको भाषण सुन्दा उहाँ तपोवनको सन्यासी बन्न थोरै अडचन बाँकी छ जस्तो लाग्यो । श्रेष्ठको अन्तरमन र वौद्धिक विश्लेषणले माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवाद र आध्यात्मको फ्युजन गराइसक्नु भएको प्रतीत हुन्छ । श्रेष्ठले आफूलाई आध्यात्मिक नास्तिक मात्र भन्नुभएन उहाँले द्वन्द्वात्मक भौतिकवाद र आध्यात्मबीच मिलनविन्दु पनि भएको ठहर सुनाउनुभयो । आध्यात्मलाई आत्मनिरीक्षणको विज्ञानभन्दै श्रेष्ठले यसर्थमा म पनि एक आध्यात्मिक व्यक्ति हुँ भन्नुभयो । श्रेष्ठले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आध्यात्मको जामा पहिर्याउनु भएको छ । उहाँको पदीय अहंकार र जीवनभरको माक्र्सवादी छवि को सारी फटाउन मात्र बाँकी देखिन्छ ।
श्रेष्ठले मार्क्सवादी दर्शनभित्र आत्म निरीक्षण गर्ने विज्ञान भेट्टाउनु भएन कि ? उहाँभित्र आध्यात्मको अविर्भाव भइरहेको हो । धुम्बाराहीको मुख्यालयभन्दा तपोवनले उहाँलाई सम्मोहित पारिरहेको हो कि ?
ओशो जीवित छदाँ उहाँको प्रवचन शिवीरमा मानिस जान डराउँथे । किम्वदन्ती होइन सच्चाई नै हो ओशोको आँखामा अद्भुत आकर्षण थियो । ओशोसँग नजर मिलेपछि सम्मोहित हुने र सन्यासी बन्न हृदयदेखि नै अनुराग बढ्ने चर्चा थियो । धन्न श्रेष्ठलाई ओशोको सानिध्यप्राप्त भएन । तर स्वामी आनन्द अरुणमा पनि ओशोको उर्जा छ । समयको गज अलि लामो होला तर श्रेष्ठ मैरुन कलरको गाउन लगाएर आत्म निरीक्षणको विज्ञान पढ्न तपोवनबासी बन्नु भयो भने आश्चर्य हुने छैन ।
गुरु माक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी दर्शनले संसारमा आध्यात्मलाई अस्तित्व जोगाउन कठिन बनाएको छ । माक्र्र्सले तथाकथित ईश्वरलाई प्रयोगशालाको टेबलमा राखेर पोष्टमार्टम नगरेसम्म त्यसको अस्तित्व स्वीकार गर्न नसकिने भनेका थिए । तर मार्क्सवादका अनुयायी श्रेष्ठले भाषणको शुरुमै भन्नुभयो, ‘म एक आध्यात्मिक नास्तिक हुँ’ मानवभित्री हृदयको संसार निरीक्षण गर्ने वैज्ञानिक विधि आध्यात्म हो भने यो विज्ञानलाई म मान्छु । मानिसले आफूलाई सजग निरीक्षण गर्ने, वास्तविक अस्तित्व पहिचान गर्ने, सत्यमा कटिवद्ध रहन स्थिर अभ्यासको साधना गर्ने अर्थमा यो एउटा विज्ञान नै हो । त्यसकारण म आफूलाई एक आध्यात्मिक नास्तिक भन्न रुचाउँछु –श्रेष्ठको भनाई छ । श्रेष्ठले मार्क्सवादी दर्शनभित्र आत्म निरीक्षण गर्ने विज्ञान भेट्टाउनु भएन कि रु उहाँभित्र आध्यात्मको अविर्भाव भइरहेको हो । धुम्बाराहीको मुख्यालयभन्दा तपोवनले उहाँलाई सम्मोहित पारिरहेको हो कि ? श्रेष्ठपछिका वक्ता हुनुहुन्थ्यो प्रदिप गिरि । गिरिले समाजवादी नेता श्रेष्ठको प्रशंसा गर्न छुटाउनु भएन । गिरिले भन्नुभयो, ‘प्रचण्ड बेलाबेलामा जोगी भएर जंगल जाने कुरा गर्नुहुन्छ ।नारायणकाजीजी कै तर्क सुनेर हो कि जस्तो लाग्न थाल्यो । उहाँको नामै प्रकाश र कामै प्रकाश ।
अन्त्यमा पुस्तकका लेखक स्वामी आनन्द अरुणले समापन मन्तव्य दिनुभयो । स्वामीजीले ओशो कै प्रवचनको प्रसँग उल्लेख गर्दै भन्नुभयो, ‘कम्युन सफल हुनलाई धर्मको आधार चाहिन्छ । साम्यवाद फेल भएको पनि धर्मको आधार नभएर हो । माक्र्सले पश्चिमी धर्म संस्कृतिको कठोरता मात्र देखे । पूर्वीय हिन्दू र बौद्ध धर्म र ताओ दर्शनको काेमलता देख्न पाएनन् । अन्यथा उनले धर्मलाई अफिम भन्ने थिएनन् । स्वामी आनन्द अरुणले तपोवनबासी वास्तविक साम्यवादी भएको जिकिर गर्दै व्यक्तिगत सम्पति नभएको दाबी गर्नुभयो ।
द्वन्द्वात्मक भौतिकवाद र साम्यवादको आध्यात्मिक प्रयोग र नविन अभ्यासका लागि श्रेष्ठ तपोवनमा मैरुन कलरको गाउनमा एक्लै जानुहुन्छ कि प्रचण्डलाई पनि लैजानु हुन्छ ? गिरि लख काट्दै हुनुहुन्छ ।