Logo मंसिर १०, २०७७ बुधबार


‘बृहत् एकिकृत घुम्ती शिविर’

नारायण थापा
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आईतबार आयोजना गरेको बृहत् एकिकृत घुम्ती शिविर तथा निःशुल्क स्वास्थ्य शिविरमा हजारौ स्थानीयले सेवा लिएका छन् ।

नगरापालिकाले गाउँगाउँमा सरकार पुर्याउने उद्देश्यले वडा नम्बर ९ र १० का नागरिकलाई बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको हो ।

पलाँसेमा आयोजना गरिएको शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली सङ्कलन, जेष्ठ नागरिक परिचयपत्र लगायत जिल्ला प्रशासन कार्यालय, नगरपालिका र अन्य सरकारी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा उपलब्ध गराइएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

शिविरमा धानको बिऊँ वितरण, माटो परीक्षण तथा बाली उपचार सेवा, मौसमी तरकारी बिउ बिजन एवम् बिरुवा वितरण, कृषि प्रविधि प्रसारण, व्यवसाय तथा घरेलु उद्योग दर्ता, पशु सेवा तर्फ नाम्ले जुकाकाे औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवम् परामर्श, पशु बीमा तथा व्यवसाय लगायतको सेवा प्रदान गरिनुका साथै प्रतिव्यक्ति दुईकिलो धानको बिऊ निःशुल्क वितरण गरिएको थियो ।

परिवार नियोजन संघ काठमाडौं जडिबुटी शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण र परामर्श सञ्चालन गरेको थियो ।

स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरेको थियो ।

शिविरमा बृहत सिकाइ अन्तर्गत विपद् जोखिम न्यूनीकरण, सहकारी सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्राप्त सेवा, सार्वजनिक सुनुवाई, विभिन्न सरकारी तथा स्थानीय उत्पादन सामग्रीको प्रदर्शनी तथा बृहत् साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…