क्रुरताको पराकाष्ठा: जेठाजुले यसरी गरे बुहारीको हत्या (भिडियाेसहित)

गोपाल पाठक/रुपक कुलाल
काठमाडौं । राजधानीमा केहीदिन अघि जेठाजु्ले बुहारीको हत्या गरेको समाचार आयो । समाचारमा आएसँगै यो विषय ब्यापक चर्चा पनि पायो ।

समाचारमा आएर जसरी यो कुरा बाहिर आउँदै गयो, प्रहरीको पनि घटनामा चासो त्यत्तिकै बढ्दै गयो । प्रहरीले घटनाको अनुसन्धान गरी दोषी भनिएका जेठाजुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । कसरी गरे त जेठाजुले बुहारीको हत्या, आउनुहोस् जानौँ ।

घटना बिवरण
घटनाः २०७६ बैशाख २६ गते बिहिबार
स्थानः ललितपुर महानगरपालिका वडा नं. २६, ढोलाहिटी
समयः दिउँसो १ बजे ।

ललितपुरको सुनाकोठीस्थित ढोलाहिटीमा रहेको मोति विनायक मन्दिर नजिकैको यो साढै २ तल्ले घर ।

महत परिवारको यो घरमा तल्लो तल्ला भाडामा दिइएको छ । दोश्रो तल्ला भने प्रज्जवल र उज्जवल महतको परिवार बस्छ अनि तेश्रो तल्लामा महत परिवारका अगुवा बस्नुहुन्छ ।

सधैजसो यस घरको वातावरण शाान्त थियो बैशाख २६ गते पनि । ढोलाहिटीको यो टोलमा ढल राख्ने भन्दै २६ गते बिहान ११ बजेसम्म स्थानीय वडा अध्यक्षसहित उपभोक्ता समितिको मिटिङ चलेको थियो त्यही मिटिङमा सहभागी भएको थिए उज्जवल र उनका बुबा । ११ बजेपछि मिटिङ सकिएपछि सबै जना आ–आफ्नो घरमा । उज्जवल र उनका बाबु पनि घर गए र खाना खाए ।

त्यसोत ढोलाहिटिको यो टोलका धारामा पानी आउँदैन । पानीको हाहाकार छ त्यहाँ । एउटा घरमा मात्र पानी आउने भएकाले सबै जसो पानी थाप्न त्यहि घरमा पुग्छन् । २६ गते पनि दिउँसो १ बजे सबैजना पानी लिन गएका थिए । महत परिवारमा भने कान्छि बुहारी अन्जना, जेठो छोरो उज्जल र उज्जलकी आमामात्र घरमा हुनुहुन्थ्यो । कोठा भाडामा बस्ने पनि पानी लिन गएका थिए ।

पानी लिएर फर्कँदा माथिल्लो तल्लाको कोठाबाट अनौठो आवाजको महसुस भएसँगै कोठामा पुगेकी घरमा भाडामा बस्ने ती महिलाले बिभत्स दृष्य देखिन् । चिच्याउँदै बाहिर आउँदा अन्जनाको हत्या भइसकेको थियो । अनुहार र सम्पूर्ण कपडामा रगतको छिर्कासहित अन्जनालाई खुकुरी प्रहार गर्ने अन्जनाकैै जेठाजु उज्जवल महत बरण्डामा देखिएको स्थानीय बताउँछन् ।

स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे । नजिकै तैनाथ प्रहरीको सिआरभीको टोली ५ मिनेटमै घटनास्थल पुग्छ । प्रहरीको टोलीले दोश्रो तल्लाको बरण्डामा खुकुरी लिएर बसेको अवस्थामा उज्जवल महतलाइ नियन्त्रणमा लिन्छ ।

कसरी भयो हत्या?
घटनाको जानकारी पाएलगत्तै महानगरीय प्रहरी वृत्त चापागाँउबाट अनुसन्धान बिशेषज्ञ टोली परिचालित भएर अनुसन्धान सुरु गर्छ । घटनास्थलबाट प्रहरीले २ थान खुकुरी, घाँटी रेटिएको अन्जनाको बिभत्स शव, घटना घटाउँदा प्रतिबादीको छिनेको औला, फुटेका दराज तथा सोेकेशका सिसलगायतका सबुत प्रमाण बरामद गर्छ साथै अन्जनाको माइती पक्षलाई प्रहरीले खबर गर्छ ।

मकवानपुर हेटौडामा रहेका माइती पक्ष २६ गते राति आइपुग्छन् र केही कानूनी प्रक्रृयासँगै अन्जनाको शव पोष्टमार्टमका लागि पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगनखेल पुर्याइन्छ ।
करिव ५ बर्ष अघि मकवानपुरकी अन्जना र ललिलपुरका प्रज्जवल महतबीचच प्रेम बिवाह भएको थियो । परिवारका सदस्यहरु घरपरिवार र सम्वन्ध बारे यसो बताउँछन् ।

ब्युटीपार्लर चलाउने अन्जना पछिल्लो समय क्यानडा जाने तयारीमा थिइन् । पार्लर बिक्री गरी अन्जना क्यानडा जानका लागि डकुमेन्टेसनमा रहेको प्रहरीले जानकारी दिएको छ ।
ढोलाहिटिको यो महत परिवार संयुक्त परिवारमा बस्छ । कुनै समस्या नदेखिएको र शाान्त अनि मिलनसार परिवारको रुपमा चित्रित थियो महत परिवार । केहि समयदेखि छुट्टाछुट्टै खाना खान थालेको यो परिवारको आत्मियता र घनिष्ठता उदाहरण नै थियो । यस्तो बिभत्स घटना छिमेकीलाई पनि पत्याउन गाह्रो भएको छ । उनीहरु स्तब्ध भएका छन् ।

प्रहरी अनुसन्धान र बास्तविकता
पेशाले संगीतकार हुन् उज्जवल महत । उनी ड्रम बजाउँथे । साउण्ड इन्जिनियर पनि हुन उनी । लामो समयदेखि ध्वनी प्रदुषणमा काम गरेका( उनको कानमा समस्या आएको र डेढ २ महिनादेखि घरमै बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । २६ गते दिउँसो उज्जवलले घटना घटाई तेश्रो तल्लामा सुतिरहेकी आमालाइ, मैले बुहारी अन्जनालाई मारीदिए भन्दै पुगेको पनि अनुसन्धानले देखाएको छ ।

त्यसोत उज्जवललाई केहि समयदेखि विभिन्न तर्कना आउने गरेको र अस्वभाविक गतिबिधि गर्ने गरेकाले झारफुक गर्न धामी झाँक्रिकोमा लैजाने गरेको स्थानीयले बताएका छन् । घटनामा उज्जवलको संलग्नता भएको र कानूनी कारवाही गर्न माग गर्दै अन्जनाका पिता गणेशबहादुर लामा र उज्जवलकै नातामा काका पर्ने शिवराम महतले प्रहरीमा किटानी जाहेरी दिएका छन् । अन्जनाको हत्या किन भयो ? बिषय के थियो ? सम्पतिको कारण थियो या सामाजिक मूल्य मान्यताका प्रश्न या आपसी कलह, अनी मान मर्यादाका कुरा वा प्रतिवादीको मानसिक अबस्था ? कारणको खोजीमा प्रहरी अनुसन्धानमा सक्रिय छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।