काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
सोमबार जनतासमाचार डटकम मा मधेश र पहाडको उत्पीडनको कथा रंगमञ्चमा, पत्रकार सुशील पाण्डेलाई मार्ने धम्की, तीन मोटरसाइकल ठोक्किँदा गुरुङको मृत्यु, ‘भूगोल र जनसङ्ख्याका आधारमा बजेट’,असुरक्षित गर्भपतन गराउने बढे, गाईभैंसीलाई सुत्केरी भत्ता र ‘साग’ को लोगो सार्वजनिक लगायतका खेल, राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।
‘पशुपतिनाथको २३१ रोपनी गायब’ शीर्षकको पशुपतिनाथको बागमतीदेखि मनहरा नदी बगरसम्मका जग्गा हराएको समाचारलाई अन्नपूर्ण पोष्ट् दैनिकले आफ्नो मुख्य समाचार बनाएको छ । यस्तै, जब जोशी जोसीए शीर्षकमा शताब्दी पुरुष सत्यमोहन जोशीको १०० आंै जन्मोत्सवको समाचार पनि पहिला् पृष्ठमै छापिएको छ ।
गोरखापत्र दैनिक ले राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुर धाम पुगेर ‘संस्कृति संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको समाचारलाई प्रमुख समाचार बनाएको छ । यसैगरि वरिष्ठ पत्रकार तथा कानुन विद्का भनाइहरुलाई समेटेर पे्रसलाई जिम्मेवार र मर्यादित बनाउन विधेयक र नेपाल र कम्बोडियाबीच सम्झौता शीर्षकका समाचार पनि प्राथमिकताका साथ प्रकाशित गरिएका छन् ।
कान्तिपुर दैनिक मा ‘अन्तरजातीय बिहेपछि मुसहर बस्तीले पानी पाएन’ शीर्षकको प्रमुख समाचार छ । समाचार अनुसार मोरङको बुढीगंगा गाउँपालिका २ सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदायका युवक र थापा समुदायकी युवतीले भागेर बिहे गरेपछि आक्रोशित मुसहर परिवारले सामुहिक ट्युबेल उखेलेर फालिदिँदा बस्तीमा पानीको हाहाकार भएको हो । यसैगरी, बचतकर्ताको २४ करोड ठगी गरेर बूढानिलकण्ठको नयाँ बचत सहकारीका सञ्चालकहरु फरार रहेको समाचार पनि मुल पृष्ठमै प्रकाशित छ ।
नागरिक दैनिक ले ‘मालपोतका कारण फर्काउन ढिलाइर्’ शीर्षकमा ललितानिवासकै समाचारलाई आज पनि निरनतरता दिएको छ । आफ्नो १०० आंै जन्मोत्सवको अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीले मेरो जिवन ईश्वरको वरदान भन्नुभएको र ११ न्यायाधीशलाई काम न कारबाही शीर्षकका समाचार पनि पहिलो पृष्ठमै समेटिएका छन् ।
राजधानी दैनिक ले ३३ वर्षमा पनि पत्ता लाग्न सकेन गुठीको सम्पत्ति’ शीर्षकमा देशभरका गुठीका सम्पत्तिको वास्तविक जानकारी थाहा हुन नसकेको समाचारलाई आफ्नो प्रमुख समाचार बनाएको छ । यस्तै, ३० लाखमा आँखाको समस्या देखिएको तर नेत्ररोग विशेषज्ञ भने ३ सय २५ मात्रै रहेको समाचारलाई पनि पहिलो पृष्ठमै राखिएको छ ।