तीनतलाबाट खसेर किशोरीको मृत्यु

सुनसरी । ईटहरी उपमहानगरपालिका ६ स्थित संगीत चोकमा घरको ३ तला माथिबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

आइतबार राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने बाबुलाल शर्माको छोरी १७ वर्षीया पुजा शर्मा तीनतला माथिबाट खसेर घाइते भएकी थिइन् । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

उनको उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।