प्रहरीले घचेड्दा वृद्धको मृत्यु

काठमाडौं । बैतडीमा प्रहरी पक्रने क्रममा घचेड्दा एक वृद्धको मृत्यु भएको छ । प्रहरी घचेड्ने क्रममा पाटन–६ का ७० प्रहरी कमलकान्त पन्त मृत्यु भएको हो ।

पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरकी एक महिलालाई हसियाँ प्रहार गरेको खबर आएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी टोलीले घटनास्थलबाट हसियाँ प्रहार गर्ने लवदेव पन्त र उनका बुवा कमलकान्त पन्तलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा लाठी र बुट प्रहार भएर ७० वर्षीय बुवा कमलकान्तको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्र्दै जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रहरीमाथि पनि छानबिन भइरहेको छ भने पन्तका बुवाछोराले गरेको अपराधमा पनि छानबिन भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।