Nic

१६ वर्षीय छोरीलाई घरमा थुनेर बुवाआमा विवाहमा गएपछि….

काठमाडौ । मुम्बईमा १६ वर्षकी एक किशोरीलाई आफ्नै आमाबुवाले घरमा बन्द गरेर जाँदा उनको मृत्यु भएको छ ।

छोरी घरमा पढेर बसोस् र बाहिर ननिस्कोस् भनी बाहिरबाट ताल्चा लगाएर एक विवाह समारोहमा गएका बुवाआमाले त्यहाँबाट फर्कँदा छोरीलाई कहिल्यै भेट्न पाएनन् । घरमा आगलागी भएपछि छोरी त्यहि आगोमा जलिन् ।

किशोरीलाई आमाबुवाले फ्ल्याटको एक कोठामा थुनिदिएका थिए । श्रवणी चौहान नाम गरेकी किशोरीका बुवा वकोला प्रहरी चौकीमा काम गर्दथे । दिउँसो करिब पौने १ बजे छिमेकीले घरबाट धुँवा उडेको देखेपछि प्रहरी र दमकललाई फोन गरिएको थियो ।.

दमकलले आएर आगो निभाउन झण्डै १ घण्टाभन्दा लामो समय लाग्यो । त्यसबीचमा अन्य फ्ल्याटमा भएका सबै बाहिर निस्कन भ्याएपछि उनको ढोका बाहिरबाट ताला लागेको हुनाले उनि त्यहाँबाट निस्कन पाइनन् ।

फ्ल्याटको ताला फोरेर प्रहरी कोठाभित्र पस्दा उनको शरीर जलिसकेको थियो । उनलाई अस्पताल पुर्याइएपनि डाक्टरले उनलाई मृत घोषणा गरिसकेका द इंडियन एक्सप्रेसले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले देशमा ‘अनियन्त्रित आन्दोलनको खतरा’ रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ माधवकुमार नेपालले पूर्व प्रधानमन्त्रीले पाउने गाडी सुविधा आफूले नलिएको बताउनु भएको छ ।

काठमाडौं ।  राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शुक्रबार फरक – फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । नागरिक…

सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएको छ ।

मेष- काममा अलमल हुनेछ, कर्मको फल बिग्रिनेछ । वृष- यात्राको अवसर आउनेछ, मनमा शंका पर्नेछ । मिथुन- वोलीको प्रभाव पर्नेछ,…

केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समितिका कर्मचारीको समायोजन गरिएको छ।