नुवाकोटमा एक चिनियाँको मृत्यु

विदुर । नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बिहान १० बजेको समयमा हाइड्रोपावरको मर्मतलगायतको काम भइरहेको थियो । त्यसै क्रममा थ्रि ए लाइनको टावरमा तार टाङ्ने काम गरिरहेका चिनियाँ नागरिक ४७ वर्षका हियो झ्याङलाई माथिबाट झरेको सामानले लाग्दा टाउकोमा चोट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार घाइते हियो झ्याङलाई उपचारका लागि जिल्ला अस्पताल त्रीशुली ल्याउने क्रममा बाटामा नै मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।