काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।
मंगलबार जनतासमाचार डटकममा शिक्षा विद्येयक पारित, बाघ भन्ने वित्तिकै बर्दिया, कम्बोडियामा प्रधानमन्त्री ओलीको सम्बोधन, ट्याक्टर दुर्घटना, चालकको मृत्यु लगायतका खेल, सन्दीप चढ्ने मोटरसाइकल लगायत राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।
‘उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका ४० डिग्रीमा १ घण्टा पैदल’ शीर्षकमा कान्तिपुरले समाचार छापेको छ । कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौंतिरिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरुले उनीहरुलाई ल्याइएकाे थियाे ।
यस्तै प्रेस स्वतन्त्रलाई नै अप्ठ्यारो पार्ने गरी मिडिया काउन्सिल विद्येयक सरकारले ल्याएकोमा मानव अधिकार आयोगले आपत्ति जनाएको समाचार पनि कान्तिपुरले पहिलो पृष्टमै प्रकाशित गरेकाे छ ।
कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी शीर्षकमा नागरिक दैनिकले समाचारलाई पहिलो पृष्टमा छापेको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रियामा रहेको समाचार छापेको हाे ।
‘राजमार्ग नै व्यक्तिका नाममा’ पछिल्लो समय भूमाफियाले सरकारी जग्गा अतिक्रमण गरिरहेका बेला पूर्व–पश्चिम राजमार्गसहित सिरहाको गोलबजार नगरपालिका–९ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा भएको पाइएको छ ।
गौशाला कब्जा सरह तिर्ने भाडा वर्षको ५१ हजार, उठाउन दिनकै लाख शीर्षकमा अन्नपूर्णले समाचार छापेको छ । गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौँ । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिरेर भोग चलन गर्दै आएको छ । मारवाडीले भोगचलन गर्दै आएको जग्गाबाट दैनिक एक लाख भन्दा बढी रकम आर्जन गर्छ ।