Nic

दश महिनामा ४१ प्रतिशत मात्रै बजेट खर्च

सुनसरी । नीतिगत अस्पष्टताका कारण समयमै बजेट निकासा गर्न नसक्दा ईटहरी उपमहानगरपालिकाले चालु वर्षको २ महिनामा आधा भन्दा बढी बजेट खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
विकासे बजेट समय अनुकुल खर्च हुन नसक्दा अहिले जताततै धमाधम विकास हुँदैछ । तर आर्थिक वर्ष सकिन लाग्दा विकास बजेट खर्चमा गति बढाउनु र काममा गुणस्तरियता कायम गर्नु स्थानीय सरकारका लागि निकै चुनौतिपुर्ण रहेको छ ।

संघ, प्रदेश र स्थानीय कानुनहरु एक अर्कामा बाझिदा समयमै विकाश निर्माणकार्य थालनी नहुनु, संस्थागत एवं संरचनात्मक अवस्था कमजोर भएको कारण विकास बजेट खर्चमा समस्या आएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ ।

जनशक्तिको अभाव, निर्माण कार्य ठेक्का लिएका उपभोक्ता तथा निर्माण व्यवसायीलाई दण्ड पुरस्कार प्रणाली प्रभावकारी नहुँदा पनि बजेट खर्चमा समस्या देखिएको छ । त्यसै गरि संघ र प्रदेशबाट प्राप्त हुने अनुदान र शर्तहरु अनुरुप समय मै निकासा प्राप्त हुन नसक्दा समस्या भएको उपमहानगरपालिकाका सूचना अधिकृत ओसन चौधरीले बताउनुभयो ।

समयमा विकास खर्च नभए पनि वर्षको अन्त्यमा भने धमाधम काम गर्ने र खर्च बढ्ने विगतको प्रवृत्ति यस वर्ष पनि दोहोरिने देखिएको छ । यसरी अन्त्य तिर व्यापक खर्च हुँदा भ्रष्टाचारको सम्भावना बढाउने र कामको गुणस्तरमा पनि प्रभाव पार्ने स्थानीयको भनाई छ ।

आर्थिक वर्ष सकिन २ महिना बाँकी छ । ईटहरी उपमहानगरपालिकाको हालसम्म ४१ प्रतिशत बजेट मात्र खर्च भएको छ । करीब ६० प्रतिशत बजेटको काम भइरहेको चौधरीको भनाई छ ।
कुल विनियोजित पुजिगत बजेट ७० करोड भए पनि हालसम्म २९ करोड मात्र खर्च भएको सूचना अधिकृत चौधरीले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।