Nic

७४ वर्षीया बृद्धाको २ तोलाको सिक्री लुटियो

काठमाडौं । राजधानीको एक बृद्धाको दुई तोलाको सिक्रि लुटपाट भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–९ निलोपुल बस्ने ७४ वर्षीया उषा बिष्टको साथबाट करिब २ तोला सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको हो ।

तरकारी बजारमा तरकारी किनिरहेकी बिष्टले घाँटीमा लगाएको उक्त सिक्री हाल नम्बर नखुलेको स्कुटरमा सवार २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।