शसस्त्र प्रहरीद्वारा जनचेतनामुलक नमूना प्रदर्शन

मिना बुढाथोकी
सल्यान । विपदबाट बच्ने तरिकाका बारेमा सशस्त्र प्रहरीले जनचेतनामुलक नमूना प्रदर्शनी गरिरहेको छ । प्राकृतिक विपदबाट बच्न तथा सम्भावित घटना हुन नदिन के गर्ने लगायतका विषयमा दशवटै नगरपालिकामा नमूना प्रदर्शन भइरहेको छ ।

नमूना प्रदर्शनमा आगलागी भएपछि निभाउने तरिका तथा ग्यास सिलिण्डरमा आगलागी भए कसरी निभाउने ? भन्ने बारेमा सर्वसाधारणमा जानकारी दिइरहेको सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख डिएसपी बिमल डाँगीले जानकारी दिनुभयो ।

कतिपय समयमा विपद्मा परेकालाई उद्दार गर्न कठिनाई हुने भएकाले विपद् जोखिम न्युनिकरणका लागि सबै स्थानीय तहले सचेतना कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय जिल्लामा आगलागीका घटना बढी रहेको भन्दै सशस्त्र प्रहरीले प्राकृतिक विपद्को समयमा डढेलो, आगलागी तथा ग्यासबाट हुन सक्ने सम्भावित क्षतिबाट बच्ने उपाएका बारेमा नमूना प्रर्दशन गरिरहेको डिएसपी डाँगीकाे भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।