Nic

विवाहको तीनदिनअघि आफैँले सिन्दुर लगाएर आत्महत्या

काठमाडौं । प्रेमीसँग विवाह हुन तीनदिनमात्र बाँकी छँदा एक युवतीले आत्महत्या गरेकी छन् । शुक्रबार आफ्नै प्रेमीसँग विवाह हुन लागेकी युवतीले मंगलबार बिहानै आत्महत्या गरेकी हुन् ।

यो घटना भारतको छत्तीसगढस्थित बिलासपुरको हो । यहाँकी १८ वर्षीया ज्योति सुर्यवंशीको छिमेकी गाउँ ढेकामा विवाह पक्का भएको थियो । ज्योतिले आफ्नो घरपरिवारसँग आफ्नो अर्कै केटासँग प्रेमसम्बन्ध रहेको र आफूले त्यो केटासँग मात्र विवाह गर्ने बताइन् ।

ज्योतिको प्रेमी पनि सोही गाउँमा बस्थे । ज्योतिको चाहनाअनुसार घरका सदस्यहरुले पनि प्रेमीकै साथमा उनको विवाह गरिदिन राजी भए । त्यसपछि उनीहरुले ढेका गाउँको केटासँग पक्का भएको विवाह तोडिदिए ।

विवाहको मिति आगामी शुक्रबारmलाई तय गरिएको थियो । विवाहको पूरा तयारी पनि भइसकेको थियो अब बाँकी थियो त विवाह गरेर बेहुली अन्माउन मात्रै । तर यस्तो हुन पाएन, माहोल त्यसअघि नै बदलियो ।

मंगलबार बिहान ज्योति ५ बजे उठेर शौचालयका लागि जंगल गइन् । लामो समयसम्म नआएपछि घरका सदस्यहरुले उनलाई खोज्न थाले । ज्योतिको खोज्दा उनी घरभन्दा अलि पर सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिइन् ।

उनको अवस्थाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि अस्पताल पठायो । युवतीले आत्महत्या गर्नुको कारणबारे अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरपरिवार र उनका प्रेमीसँग पनि सोधपुछ गरेको छ । युवतीको सिउँदो सिन्दुरले भरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– पैसाको अभाव हुनेछ । नोक्सानी बेहोर्नुपर्नेछ ।वृष– कृषिबाट लाभ मिल्नेछ । काम छिटो बन्नेछ ।मिथुन– राजनीतिक फाइदा आउनेछ । पहिचान…