स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने


काठमाडौं । मुलुक संघीय प्रणालीमा गएपछि स्थानीय तहले आफ्नै तजबीजमा कर्मचारी भर्ना गर्न थालेका छन् । तर स्थानीय तहले त्यसरी कर्मचारी भर्ना गर्न नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तह आफैंले कर्मचारी भर्ना गर्न पाउने संवैधानिक व्यवस्था नरहेको प्रष्टयाउनु भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा मन्त्री पण्डितले प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको कर्मचारी भर्ना गर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा पेश गर्नु परेको स्पष्ट पार्नु भयो ।

प्रदेश लोक सेवा आयोग गठन नभएसम्मका लागि सरकारले प्रदेश र स्थानीय तहको मागको आधारमा लोकसेवा आयोगमार्फत् कर्मचारी पूर्ति गर्दै लैजाने योजना रहेको उहाँको भनाई छ ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहका कर्मचारीको वृत्ति विकास नरोकिने दोहो¥याउनु भयो । बैठकमा समितिका सदस्यहरुले समायोजनमा गएका कर्मचारीलाई तोकिएको ठाउँमा पठाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य जनार्दन शर्माले समायोजनमा गएका कर्मचारीलाई काममा लगाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

समितिका सदस्यहरुले कर्मचारी दरबन्दी संघीय सरकारलाई बढी राखेको भन्दै आलोचना गर्दै आएका छन । समितिका सदस्य शर्माले प्रदेश र स्थानीय तहमा अभाव कर्मचारीको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।