Nic

दरवारमार्गमा राष्ट्रिय वाणिज्य बैंकको लकर सेवा

काठमाडाैं । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दरवारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा सञ्चालक गीता थापा मगरलाई लकरको साँचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पार्किङ् र सुरक्षित स्थान भएकाले ग्राहकले सस्तो र सुलव दरमा सेवा उपभोग गर्न सकिने बताउनुभयो ।

शाखाले हालसम्म करिब तीन हजार लकर सेवा सञ्चालनमा ल्याएको छ । सेवाको वार्षिक भाडादर एक हजार पाँच सयदेखि तीन हजार रुपैंयाँसम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइने बैंकले जानकारी दिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले सात प्रदेश र ७७ जिल्लामा २ सय १९ शाखा कार्यालय, एकसय ७२ एटिएम र ९३ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको थालनी…

रुपन्देहीको ओम सतिया गाउँपालिका वडा नम्बर १ स्थित एसियन फर्मास्युटिकलमा सोमबार साँझ आगलागी भएको छ

सिमासिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष महेशकुमार नेपाल कुटिएका छन्

स्वयंसेवकले जिल्लामा रहेर दुई बर्ष स्वयंसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित सबै आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।

तिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले आफूहरु झुक्किएर चीनविरोधी सम्मेलनमा पुगेको बताउनु भएको छ ।