काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई अहंकार छोडेर जनताको मन जित्ने काम गर्न सुझाव दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालले युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबारआयोजित विशेष कार्यक्रममा सरकारलाई अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाएर लोकप्रिय बनाउनेतर्फ गम्भीर बन्न सुझाव दिनुभएको हो ।
नेता नेपालले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराउनुभयो । ‘हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ’ उहाँले भन्नुभयाे, ‘जनताका पीर, मर्कामा सहयोगी भयौ भने , जनताको दुख कष्टमा साथ दियौ भने जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौ । ख्याल गर्नुहोस् । ख्याल गर्नुहोस् । यसअर्थमा पनि जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने । सुन्ने कम ।’
वरिष्ठ नेता नेपालले अहिले कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परीक्षण भइरहेको उल्लेख गर्नुभयो । ‘आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्ने तर्फ विचार पु्याउनुपर्छ’ उहाँले भन्नुभयो, ‘ध्यानाकर्षण सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गर्नुपर्छ । संगठनात्मक जिम्मेवारी अघि बढाउनुपर्छ ।’
नेता नेतााले यी आचरण पालना हुन नसकेको उल्लेख गर्नुभयो । ‘हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन् ?अनौठो खालका विकृति झांगिएका त छैनन् ? उहाँले भन्ँनुभयो, ‘भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसंग जोडिएको होस् । पारदर्शीता छ कि छैन ? कमिटीभित्र सबै कुरा छलफल हुन्छ कि हुदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिदैन ? योग्यता क्षमताको मूल्यांकन गरिन्छ कि गरिदैन ? यी जम्मै कुरालाई हेर्नुहोस् । किनभने अन्त्यमा तपाईंको व्यवहारले नै मान्छेको मन जित्छ ।’
पूर्व प्रधानमन्त्री नेपालले सामाजिक न्यायसहितको समृद्धि मुठ्ठीभरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा गास बासका विषयमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।
‘समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठुलो संकटमा पुगेर पनि नया गतिका साथ अघि बढेको इतिहास छ’ उहाँले भन्नुभयो, ‘कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता छ । चुनावदेखि नै प्रगति गरेको भए, अहिले यथेष्ट प्रगति भइसक्थ्यो । प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो के बाट गर्न सक्छौ ? राम्रो कामबाट । ’