Nic

कर्मचारीबीच मन्त्रालयमै कुटाकुट

काठमाडौं । कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ ।

मन्त्री मातृका यादवका निजी सचिवले घुस खाएको आरोप लागेपछि मन्त्रालयमै हात हालाहाल भएको हो । निजी सचिव प्रेम आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै बुधबार दिउँसो केही कर्मचारी विरोधमा उत्रिएपछि विवाद भएको थियो ।

मन्त्रालयले मापदण्ड नबनाइ पदस्थापन गरेको र निजी सचिव आचार्यले घुस खाएको आरोप कर्मचारीहरुले लगाएका थिए । निजी सचिवको कार्यकक्षमा पुगेका कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवालको नेतृत्वको टोलीबीच सरुवाको विषयलाई लिएर भनाभन भएपछि अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।

घुस लिई सरुवा गरेको आरोप निजीसचिव आचार्यमाथि लागेपछि कार्यकक्षमा रहेका मन्त्री यादवसमेत जंगिँदै बाहिर निस्केका थिए । गृहमन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको आरोप कर्मचारीहरुले लगाएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।