Nic

सुर्तीजन्य पदार्थ ऐन कडाई गर्न माग

काठमाडौं । सुर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गरे हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले बताएका छन् ।

बुधबार ललितपुरस्थित् क्वेष्ट इन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले सरकारले कडाइकासाथ ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘नेपालमा प्रत्येक वर्ष ३५ हजारले सुर्तीजन्य पदार्थको सेवनको कारणले अकालमा ज्यान गुमाउनु परेको छ’, पौडेलले भन्नुभयो, ‘लाखौं रुपैयाँ क्यान्सर तथा नसर्ने रोगहरुको उपचारमा खर्चिनु परिरहेको छ ।’ गलत संगतका कारण किशोरकिशोरीहरूले सुर्तीजन्य पदार्थ सेवनको लतमा लाग्ने भएकाले ऐन कडाइका साथ कार्यान्वयन गर्न सकिए समस्याबाट मुक्ति पाउन सकिने पौडेलको भनाई थियो ।

क्यान्सरलगायत नसर्ने रोगका रोकथामका लागि जनचेतनामूलक कार्यक्रम नागरिकस्तरबाटै अभियानका रुपमा चलाउनु पर्ने काउन्सिलका अध्यक्ष्य रुद्रलाल कडरियाको भनाई थियो ।

‘यस्ता कार्यक्रमहरुमार्फत मुटु र क्यान्सरलगायत नसर्ने रोगहरुको उपचारमा लाग्ने खर्चसमेत न्यूनीकरण गर्न सकिन्छ’ कडरियाले भन्नुभयो, ‘विगत लामो समयदेखि स्कुल तथा कलेजहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु अभियानका रुपमा सञ्चाल गर्दै आइरहेका छौं ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अनेरास्ववीयूकी निवर्तमान अध्यक्ष एवम् सांसद नविना लामाले जनवर्गीय संगठनको एकता प्रक्रिया अनुसार नै भएको तर्फ संकेत गर्नुभएको छ ।

काठमाडौं । काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्रिबस धादिङको आदमघाटबाट त्रिशुली नदीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस…

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ ।

मेष– समस्यामा दिन बित्नेछ, काम अधुरो हुनेछ । वृष– धेरै खर्च हुनेछ , यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी…

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।