Nic

खाजा खाँदा सात बिरामी, दुई सिकिस्त

पाँचथर । मिक्लाजुङको आरुबोटेमा खाजा खाँदा सातजना बिरामी परेका छन् ।

मिलन केन्द्र पाँचथरले आयोजना गरेको ढाका बुनाई तालिमका सहभागिले खाजा खाँदा बिरामी परेको केन्द्रका अध्यक्ष बहादुरसिंह नेम्वाङले बताउनुभयो ।

बिरामी पर्नेमा १७ वर्षीय रेणुका दास, १९ वर्षीय विष्णु बिक, ९ वर्षीय मुना लिम्बु, २३ वर्षीय मनुमारी फियाक, १९ वर्षीय सोना लिम्बु, २२ वर्षीय लक्ष्मी लिम्बु र १८ वर्षीय मनिषा नेपाली बिरामी परेका हुन् । बिरामी मध्ये लक्ष्मी लिम्बु  र मनिषा नेपाली सिकिस्त रहेको केन्द्रका अध्यक्ष नेम्वाङको भनाई छ ।

सिकिस्त बिरामीको समर्पित अस्पताल र बाँकीको पाँचथर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बिरामी परेकी सोनु लिम्बुका अनुसार बिहानको खाजामा नुन नपुगेर थप्दा सिसाको धुलो जस्तो  बस्तु भेटिएको थियो ।

‘घटनाका बारेमा प्रहरीलाई जानकारी भइसकेकाे छ’, पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले भन्नुभयो, ‘नुनमा मिसाइएको बस्तु र खाजा खाएपछि बिरामी पर्नुका कारणबारे अनुसन्धान शुरु गरिएको छ ।’

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।