उपराष्ट्रपति-गभर्नर शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपतिसँग कान्सुका गभर्नर रेन्जियानले शिष्टाचार भेट गर्नुभएको हो ।

उपराष्ट्रपतिले गभर्नर रेन्जियानसँगको भेटमा नेपाल र चीन शताब्दीऔँ पूराना साथी भएको बताउदै दुई देशबीच भौगोलिकमात्र नभएर सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेकाले नेपाल–चीनबीचको सम्बन्ध घनिष्ठ भएको बताउनुभयो ।

‘हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढेका छौँ’, उपराष्ट्रपतिले भन्नुभयो, ‘यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।’

उपराष्ट्रपतिसँगको भेटमा गभर्नर ताङ रेन्जियानले चीन र नेपालको सम्बन्ध घनिष्ठ र पूरानो भएको बताउनुभयो । रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताउनुभयो ।

‘अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको छ’, रेन्जियानल भन्नुभयो, ‘म नेपालको भ्रमण गर्दा प्रदेश ५ मा पुगेँ । त्यहाँ कृषिको आधुनिकीकरणको आवश्यकता छ । कान्सुको कृषि प्रविधि अति उच्च छ । हामी त्यसलाई यहाँ ल्याउन सक्छौँ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।