Nic

किन जलाइयो मेयरकाे करोड परेकाे गाडी ? (भिडियोसहित)

काठमाडौं । अछामको मंगलसैन नगरपालिकाको गाडी अज्ञात समूहले जलाएपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । गाडी खरिदका क्रममा कुनै समूहले यति महंगो मूल्यमा सवारी साधन खरिद गर्न नहुने भन्दै आएको थियो । तर, नगरपालिका र १४ वडाका जनप्रतिनिधिको सहमतिमा सुविधा सम्पन्न गाडी खरिद गर्ने निर्णय भयो । करिब एक करोड बढी मूल्यपर्ने गाडी नगरपालिकामा आइपुग्यो । सामान्य विवाद भएपनि गाडी जलाइनुपर्ने गरी विरोध भएको थिएन ।

बुधबार बिहान करिब २ बजे अज्ञात समूहले गाडी जलाएको खबर आएपछि मंगलसैन नगरपालिकाका मेयर पदमबहादुर बोहराले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कठ्घरामा ल्याउन जिल्ला प्रशासन कार्यालय अछामलाई आग्रह गर्नुभएको छ । आफू काठमाडौं भएका बेला सुनियोजित ढंगले गाडी जलाइनु कायरता प्रदर्शन भएको उहाँको टिप्पणी छ । गाडी जलाइसकेपछि मेयर बोहरासँग जनता टेलिभिजनले त्यहाँको वस्तुस्थितिका बारे छलफल गरेको छ ।
भिडियो हेर्नुहोस्ः–

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।