Nic

‘पूर्व बजेट छलफल’को जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने अन्तिम तयारी गरेको छ ।

बजेटको सिद्धान्त तथा प्राथमिकताबारे संघीय संसद्मा छलफल भइसकेको छ । छलफल पश्चात अहिले सरोकारवालाबाट सुझाव लिने कार्य भइरहेको छ । यसै सन्दर्भमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडले बिहिबार बजेटसम्बन्धी अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय नाचघरमा दिउँसो साढे २ बजेदेखि शुरु हुने ‘पूर्व बजेट छलफल कार्यक्रम’मा पूर्वअर्थमन्त्रीहरु सहित अर्थविद्, योजनाविद्, प्रशासनविद्हरुले धारणा तथा सुझाव राख्दैछन् ।

कार्यक्रमको जनता टेलिभिजन, रेडियो जनता ८९.१ मेगाहर्ज र जनतासमाचार डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने शैलजा आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय…

अध्यक्ष र सचिव चयनपछि अहिले जिल्ला कमिटी सदस्य सिफारिस गरिसकेका छन् ।

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।