Nic

प्रभावमा परेर विवाह गर्दा…

काठमाडौं । दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो । बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने गरेका जेनीको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ तर पनि उहाँले सुख पाउनु भएन ।

बुधबार भने गम्भीर परिणाम भोग्नु पर्‍यो । साँझ अन्दाजी ७ः३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । उहाँको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिडले उहाँको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ । भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।

एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट राति १०ः१५ बजे पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।

मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुलेजले विभिन्न प्रभावमा पारेर सानै उमेरमा बिहे गरेको जेनीको परिवारलाई उद्धृत गर्दै प्रवक्ता बोगटीले बताउनुभयो । आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो । तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थाल्नुभएको थियो । बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने शैलजा आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय…

अध्यक्ष र सचिव चयनपछि अहिले जिल्ला कमिटी सदस्य सिफारिस गरिसकेका छन् ।

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।