मदन–अश्रितकाे सम्झना गरिँदै

काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितकाे स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

मदन–आश्रित स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पुरानो मुख्यालय बल्खुमा शुक्रबार बिहान बिशेष कार्यक्रम आयोजना गरेको छ । बिहान ८ बजे शुरु हुने स्मृति कार्यक्रममा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा  झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी हुने कार्यक्रम छ ।

यसैबीच मदन–आश्रित स्मृति वाटिका कोटेश्वरमा पनि   कार्यक्रम हुँदैछ । कोटेश्वरकाे कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र महान्यायधिवक्ता अग्नि खरेल लगायतका नेताहरु सहभागी हुने कार्यक्रम छ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते पोखराबाट चितवनको कार्यक्रममा सहभागी हुन जाने क्रममा दासढुंगामा रहस्यमय तवरले जीप दुर्घटनामा निधन भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।