छोरी परीक्षार्थी, बाबु परीक्षक

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।

बिहीबार जनतासमाचार डटकम मा साकेला पर्वमा किरात प्रदेशको माग, सरकारलाई पुनः समर्थन दिन राजपालाई प्रधानमन्त्री ओलीको आग्रह, क्यानको विवाद फेरि अदालतको बेञ्चमा, मन्त्री रघुवीर महासेठकै निर्वाचन क्षेत्रमा गुणस्तरहीन निर्माण, फुडप्वाइजनिङबाट स्थानीय प्रभावित र भारतीय निजी क्षेत्रलाई लगानी गर्न आव्हान लगायतका राजनीतिक, सामाजिक। खेलकुद र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।

कान्तिपुर दैनिक ले ‘छोरी परीक्षार्थी, बाबु परीक्षक’ शीर्षकमा प्रमुख समाचार प्रकाशित गर्दै त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगित हुने सूचना सम्प्रेषण गरेको छ । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो । यसैगरी, प्रदेश २ मा पनि उस्तै सञ्चार विधेयक र शल्यक्रियापछि १०० सिकिस्त शीर्षकका अन्य दुई मुख्य समाचार पनि पहिलो पृष्ठमै समेटिएका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले ‘एकता कता कता’ शीर्षकमा सत्तारुढ नेकपाले एकताको वर्षदिन पुगेको अवसरमा विचार र सद्दान्तमा कतिपय वेमेल भएपनि एकताका बाँकी काम टुंग्याउन लागिरहेको विषयलाई आफ्नो मुख्य समाचार बनाएको छ । यसैगरी आफ्नै भन्नेले एसिड छ्यापेपछि र गौशालामा गाउँ शीर्षकका समाचारहरु पनि पहिलो पृष्ठमै छापिएका छन् ।

नयाँ पत्रिका दैनिकले ‘वर्षमा सवा लाख मजदुर जाने मलेसिया एक वर्षदेखि ठप्प’ शीर्षकमा पहिलो पृष्ठमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचार अनुसार अघिल्लो वर्ष एक लाख ३७ हजार मजदुरले मलेसियामा रोजगारी उाएका थिउ भने यास वर्ष जम्मा दुई हजार गएका पाइएको छ । पत्रिकाले एक विद्यालयको विदेश भ्रमणका लागि त्रिविको परीक्षा सार्न पत्राचार र नेकपाका २२ जनसंगठनले पाए नेतृत्व लगायतका अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन् ।

गोरखापत्र दैनिकले ‘जनवर्गीय संगठनमा सहमति’ शीर्षकमा नेकपा घोषणाको एक वर्षमा सत्तारुढ नेकपाले आफ्ना जनवर्गी संगठनहरुको नयाँ नेतृत्व टुंग्याएको विषयलाई प्राथमिक समाचारको रुपमा प्रकाशित गरेको छ । यस्तै, घट्दै छ ‘डिजिटल’ खाडल र वन क्षेत्र हडपे पाँच वर्ष कैद शीर्षकका अन्य समाचार पनि प्रथम पृष्ठमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…