Nic

‘कम्युनिष्ट आन्दोलन विफल पार्न मदन–आश्रितको रहस्यमय हत्या’


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार बिहान कोटेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले नेपालको कम्युनिष्ट आन्दोलन विफल पार्न मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटना गराइएको उल्लेख गर्नुभयो ।

‘मदन भण्डारी र जीवराज आश्रितले कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याइरहेको बेला त्यसलाई विफल पार्ने उदेश्यले उहाँको रहस्यमय ढंगले हत्या गरियो’ उहाँले भन्नुभयो, ‘यद्यपि उहाँहरुको हत्या गरिए पनि मुलुकमा कम्युनिष्ट रोकिएन । निरन्तर अगाडि बढिरह्यो, त्यही कारण मुलुकमा अहिले कम्युनिष्टको भारी बहुमतको सरकार बनेको छ । मुलुकमा कम्युनिष्टको बहुमतको सरकार बन्नुमा मदन भण्डारी र जीवराज आश्रितको योगदान छ । उहाँहरुको योगदानलाई हामीले कहिल्यै बिर्सनु हुँदैन । कम्युनिष्टहरुले उहाँहरुलाई कहिल्यै भुल्नु हुँदैन ।’

महान्याधिवक्ता अग्नि खरेलले जनताको बहुदलीय जनवाद अवधारण ल्याएर मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिककरण गरेको स्मरण गराउनुभयो ।

‘विश्वभर कम्युनिष्टहरु तानाशाही हुन्छन्, निरंकुश हुन्छन् भनिरहेको बेला मदन भण्डारीले जनताको बहुदलीय जनवादको अवरणा प्रस्तुत गर्नुभयो’ उहाँले भन्नुभयो– जवजकै कारण मुलुकमा कम्युनिष्ट आन्दोलन सफल भएको छ । मुलुकमा लोकतान्तिक व्यवस्था स्थापित भएको छ । मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना हुनुमा मदन–आश्रितको योगदान छ ।’

मदन–आश्रित स्मृति वाटिका संरक्षण समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले रक्तदान गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…