हेलिकप्टरबाट उद्धार गर्दैगर्दा मृत शिशु जन्मिएपछि..

रुकुम । रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ ।

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल रिवाङचौर स्वास्थ्यचौकी चारगाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । मल्लको अहिले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ ।

मल्ललाई सेनाको हेलिकप्टरमार्फत भेरी अञ्चल अस्पताल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेको उहाँलाई वैशाख ३० गते मङ्गलबार स्वास्थ्यचौकी रिवाङचौरमा भर्ना गरिएको थियो ।

तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि बिहीबार मात्र जिल्ला प्रशासन कार्यालयमा यो कुरा जानकारी हुनआएको र तुरुन्तै हेलिकप्टर बोलाई सुत्केरीको उद्धार गरिएको सहायक प्रजिअ साहले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।