Logo कार्तिक ९, २०७७ आइतबार


पाँच घण्टामा चार दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । करिब ५ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउसो साढे ३ बजेदेखि ७ः४० बजेसम्मको अवधिमा कन्चनपुर, सिन्धुली र बाँकेमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका(७ ठुलो सिमपुरस्थित सडकमा से १ त १०८३ नम्बरको ट्याक्टरले खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने सुन्दर प्रसाद चौधरीको १२ वर्षीय छोरा अनुकुल चौधरीको सेती अंचल अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीस्थित बिपि राजमार्गमा ज ६ प ७४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कमलामाई नगरपालिका–१० भिमान बस्ने २७ वर्षीय युवराज चौलागाईलाई उपचारको लागि मोडल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाटइकलमा सवार मोरङ उर्लावारी नगरपालिका–९ बस्ने २८ वर्षीया जमुना श्रेष्ठको सोही अस्पतालमा उपचारको भइरहेको छ ।

सिन्धुलीकै फिक्कल गाउँपालिका–१ भेंडीखोरस्थित सडकमा ना ७ त २२०५ नम्बरको ट्याक्टरको ट्रेलरबाट खसेर सोही ठाउँ बस्ने नारायण बहादुर सुनुवारको ११ वर्षीय छोरा तारा बहादुर सुनुवार घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी ललितपुर बाग्मती गाउँपालिका–३ पाङदुरगैरा भट्टेडाँडास्थित सडकमा बा ४९ प ७२०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बाग्मती गाउँपालिका – २ मल्टा बस्ने २६ वर्षीय भिम बहादुर जिम्बाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भीमका बाबु ६४ वर्षीय बीर बहादुर जिम्बालाई पाटन अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।