Nic

कोइराला सम्झिए कांग्रेस नेताले

नारायण थापा
भक्तपुर । कांग्रेस नेताहरुले गिरिजाप्रसाद कोइरालाले सहमती, सहकार्य र एकताका लागि खेलेको भूमिकाको चर्चा गरेका छन् ।

जिपी कोइराला फाउण्डेशनले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको तस्वीर प्रदर्शनी तथा शान्ति स्थापनार्थ सहमती, सहकार्य र एकताका लागि पुर्याएको योगदानको कांग्रेस नेताहरुले चर्चा गरेका हुन् ।

कार्यक्रममा कांग्रेस नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले मुलुकमा शान्ति स्थापनार्थ सबै दललाई एकजुट बनाई राजतन्त्रको अन्त्य गर्दै राजतन्त्रविरुद्ध दलहरुले संयुक्त रूपमा लडेर संविधान सभाबाट संविधान बनाउने कार्य कोइरालाको योगदानबाट सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा दलका केन्द्रीय नेता गुरुराज घिमिरे, रिता खनाल, कमला पन्त, पूर्व सासंद लेखनाथ न्यौपाने, कांग्रेस जिल्ला अध्यक्ष दुर्लब थापा, विदुरमान सिंह बस्नेत लगायतले गिरिजाप्रसाद काेइरालाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…