सञ्चार क्षेत्र नियन्त्रण गर्न एन्टिभाइरस्ः मुख्यमन्त्री

प्रकाश न्यौपाने
रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्नु पर्ने बताएका छन् ।

सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न एन्टीभाइरस् आवश्यक रहेको पोखरेलको भनाइ थियो ।

शुक्रबार लुम्बिनीमा आयोजित फोटो पत्रकार महासंघको केन्द्रीय प्रथम भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सबै क्षेत्रलाई नियन्त्र गर्न आवश्यक रहेको बताउँदै सञ्चार क्षेत्रलाई नियन्त्रण गर्नु हुँदैन भन्नु दिक्कलाग्दो भएको बताए ।

‘सबै क्षेत्रमा नियन्त्रण जरुरी छ, लोकतन्त्रको सुन्दर पक्ष त्यही हो, जहाँ सबै क्षेत्र नियन्त्रित हुन्छ’, पोखरेलले भन्नुभयो, ‘वर्तमान अवस्थामा चलिरहेको बहसतर्फ म जाँन्न तर सञ्चार माध्यम पनि कुनै न कुनै माध्यमबाट नियन्त्रित हुनै पर्छ ।’ सञ्चार माध्यममा भाइरस् पसिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सञ्चार माध्यमले आफै एन्टिभाइरस् राख्नु पर्ने बताउनु भयो ।

१२ जिल्लामा रहेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको चर्चा गर्दै फोटोको माध्यमबाट प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । नेपालमा फोटो पत्रकारिताका विषयमा छलफल गरी दस्ताबेज तयार गरेर नेपाल सरकार र अन्तर्राष्ट्रिय जगत्लाई बुझाउने महासंघका अध्यक्ष ध्रुव आलेले बताए ।

महासंघले लुम्बिनी भ्रमण वर्ष र बुद्ध जयन्तीको अवसरमा फोटो प्रदर्शनी गर्ने र प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…