प्रदेश सरकारले ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने

काठमाडौं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि विभिन्न प्रदेशस्तरको चाडवाडमा प्रदेश सरकारले बिदा घोषणा गर्दा सरकारको कार्यालय बिदा भएको थिएन । बिदा नहुँदा अन्योल उत्पन्न भएपछि गृह मन्त्रालयले प्रदेश स्तरमा ६ दिन बिदा दिँदा सरकारको कार्यालयसमेत बिदा दिने निर्णय भएको हो ।, समाचार समाचारपत्र दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…