हिमताल जोखिम होइन वरदान

काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न अखबारले फरक–फरक समाचारलाई आफ्नो प्राथमिकतामा राखेर प्रकाशित गरेका छन् ।

शुक्रबार जनतासमाचार डटकम मा भुरिगाउँ हत्याकाण्ड बुबा मार्ने गुणरत्न पहिलो अभियुक्त, सञ्चार क्षेत्र नियन्त्रण गर्न एन्टिभाइरस्ः मुख्यमन्त्री, जननेताको स्मृतिलाई सार्थक बनाऔं, प्रधानमन्त्री, मानव बेचबिखनमा संलग्न पक्राउ, बौनियामा आगलागी, कोइराला सम्झिए कांग्रेस नेताले र ज्योति लाईफको क्यान्सविरुद्ध बीमा योजना लगायतका राजनीतिक, सामाजिक। खेलकुद र आर्थिक सम्बन्धि समाचार प्रकाशित भए ।

गोरखापत्र दैनिक ले हिमताल जोखिम मात्र होइन वरदान शीर्षकमा समाचार छाप्दै सरकारले हिमतालबाट विद्युत् उत्पादन तथा हिमालयन ‘ग्लासियर मिनरल वाटर’ को प्रत्यक्ष सम्भावना देखेको विषय उजागर गरेको छ । पर्यटकीय क्षेत्रको तीव्र विकासअन्तर्गत पर्यटकीय गन्तव्यको विकास र सौन्दर्यीकरण तथा ताल सर्किटसहितको कल्पना गरेको छ । यसैगरी, प्रधानमन्त्री केपी ओलीले तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको विचार मार्गदर्शक रहेको बताउनुभएको समाचार पनि पत्रिकामा समेटिएको छ ।

नयाँ पत्रिका दैनिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएको समाचारलाई आफ्नो प्राथमिक समाचार बनाएको छ । २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो ।पूर्वएमाले समूहले नेतृत्व पाएको अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय छ । त्यस्तै, नेपाल भूमिहीन सुकुम्बासी संगठन ९९ सदस्यीय, ट्रेड युनियन महासंघ नेपाल, पेसागत महासंघ नेपाल, जनसांस्कृतिक महासंघ नेपाल २ सय ५१ सदस्यीय तोकिएको छ ।

कान्तिपुर दैनिक ले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरुको भनाइलाई मुख्य समाचार बनाएको छ । पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, सुरेशराज शर्मा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिरा महर्जनले संयुक्त पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न माग गरेको समाचारमा उल्लेख गरिएको छ । विश्वविद्यालयमा राजनीतिक नेतृत्वलाई हाबी गराउने गरी ल्याइएको ऐन संशोधन मस्यौदाप्रति असन्तुष्टि जनाउँदै उहाँहरुले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माले नियुक्तिको एक महिनामै विवादास्पद आदेश दिएको समाचारलाई पनि कान्तिपुरले समेटेको छ ।

नागरिक दैनिक ले लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै रहेको विषयलाई आफ्नो प्रमुख समाचार बनाएको छ ।

राजधानी दैनिक मा बानेश्वरमै करोडौं मूल्यका सार्वजनिक जग्गा अतिक्रमण भएको विषयलाई मुख्य समाचार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…