आनन्द गुरुङ
काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामाले सगरमाथा फोहोर मैला हुनमा विश्व समुदाय जिम्मेवार भएको बताउनु भएको छ । सगरमाथाबाट संकलन गरी ल्याइएका फोहरमैला सार्वजनिकिरण कार्यक्रममा अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।
आजसम्म सगरमाथा आरोहणमा विश्वका हजारौं नागरिकले सगरमाथाको आरोहण गरेको र आरोहणका क्रममा उनीहरुले सगरमाथामा फोहोर–मैला गरेको भन्दै सगरमाथा फोहोर मैला गराउन विश्व समुदाय नै जिम्मेवार भएको भन्दै सरसफाइमा पनि विश्व समुदाय लागि पर्नुपर्ने बताउनुभयो । लामाले सगरमाथा फोहोर मैला भयो भनेर विश्वका चर्चित सञ्चारमाध्यमहरुले प्रचारबाजी गरेजस्तै विश्व समुदायलाई सगरमाथाको सफाइ अभियानमा लाग्नु पर्ने सन्देश प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
लामाले सञ्चारमाध्यमहरुले आफ्ना देशका नागरीकले सगरमाथाको सफल आरोहण गरेको प्रचारबाजीसँगै आरोहिले के कति फोहोरमैला संकलन ग¥यो भन्ने सन्देश पनि प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन र्बोडका निर्देशक डण्डुराज घिमिरेले सगरमाथा लगायत नेपालका अधिकांश हिमालमा मानवसृजित फोहोर भएको भन्दै सफा र स्वच्छ हिमाल बनाउने उद्देश्यका साथ स्थानीय गाउ‘पालिका र विभिन्न संघ–संस्थाको सहकार्य र प्रायोजनमा हिमाल सफाई अभियान शुरु गरिएको बताउनुभयो । संविधान र स्थनिय स्वायत ऐन प्रदत्त अधिकार अनुसार स्थानीय गाउ‘पालिका, नेपाली सेना लगायत ८ वटा संघसंस्थाको सहयोगमा बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान शुरु भएको छ ।
सगरमाथा अभियान अन्र्तगत हालसम्म १० हजार १३ केजी फोहोर संकलन गरिएको र त्यसमध्ये ४ सय केजी फोहर काठमाडाैं ल्याइसकेको बताउनुभयो । कार्यक्रममा संकलित फोहोर मध्ये १ सय केजी फोहोर पुर्नप्रयोग सम्बन्धि संस्थालाई हस्तान्तरण गरिएको जानकारी दिइएको थियो ।
सरसफाई अभियानका मुख्य सहयोगी संस्था नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानराज पाण्डेले प्रधानसेनापति पुर्णचन्द्र थापा पदवहाली भएपछि केही महत्वपूर्ण निदेर्शन भएको र उक्त निर्देशन अुनसार हिमाल सफाई अन्र्तगत यस वर्ष सगरमाथा सफाई अभियानमा सहभागी भएको बताउनुभयो । थापाले अभियानमा हेलिकोप्टर, सवारी साधन र जनशक्ती संलग्न रहेको बताउनुभयो । आगामी बर्ष अन्य हिमालको सफाई अभियान गर्ने नेपाली सेनाको लक्ष्य रहेको थापाको भनाई छ । । प्रवक्ता पाण्डेले भौतिक र मानिसको सहयोगको अलवा बेलाबेलामा गुल्मपति लगायत उच्च सैनिक अधिकारीहरुबाट सरसफाई अभियानको अवलोकन, अनुगमका तथा जानकारी लिने काम भइरहेको पनि जानकारी दिनुभयो ।
सगरमाथा क्षेत्रबाट संकलित फोहोर मैलालाई आगामी १३ जेठमा सगरमाथा दिवसको दिन विशेष कार्यक्रम गरी नाम्चे बजारमा सार्वजनीक गरिने भएको छ । सार्वजनिक पछि फोहोर मैलाको वर्गीकरण गरी सड्ने–गल्ने फोहोर त्यही छाडेर अन्य फोहोरमैला काठमाडाैं ल्याइने र जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर सम्बन्धित संघसंस्थालाई हस्तान्तरण गरिने भएको छ ।
लामाले सञ्चारमाध्यमहरुले आफ्ना देशका नागरीकले सगरमाथाको सफल आरोहण गरेको प्रचारबाजीसँगै आरोहिले के कति फोहोरमैला संकलन ग¥यो भन्ने सन्देश पनि प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन र्बोडका निर्देशक डण्डुराज घिमिरेले सगरमाथा लगायत नेपालका अधिकांश हिमालमा मानवसृजित फोहोर भएको भन्दै सफा र स्वच्छ हिमाल बनाउने उद्देश्यका साथ स्थानीय गाउ‘पालिका र विभिन्न संघ–संस्थाको सहकार्य र प्रायोजनमा हिमाल सफाई अभियान शुरु गरिएको बताउनुभयो । संविधान र स्थानिय स्वायत ऐन प्रदत्त अधिकार अनुसार स्थानीय गाउ‘पालिका, नेपाली सेना लगायत ८ वटा संघसंस्थाको सहयोगमा बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान शुरु भएको छ ।