Nic

बस एकापसमा ठोकिँदा एकको मृत्यु, ३० जना घाइते

सांकेतिक तस्बिर

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा रहेको ढाट नजिकै बस एकापसमा ठोकिएका छन् ।

शनिबार बिहान काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार हुनेमा ना ७ ख २०५७ नम्बरको बस चालक साविकको उदयपुर वरही गाविस ६ बस्ने ४० वर्षीया मानबहादुर मगर रहेको छन् । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाका घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको र घाइते १२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । बाँकी घाइतेहरुको सामान्य उपचारपछि घर फर्किसकेको प्रहरी जानकारी दिएको छ। 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…