Nic

भारतीय समूहद्वारा प्रहरी चौकी आक्रमण

काठमाडौं । भारतीय टोलीद्वारा बाँकेको एक प्रहरी चौकी आक्रमणको प्रयास भएको छ । लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गरेको छ ।

शुक्रबार भारत र नेपालको सीमाना नरैनापुरमा हाटबजार लागेको बेला भारतीय ४२ वर्षीय देवीविन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो ।

विरोधमा भारतीय र नेपाली नागरिकको ठूलो समूह चौकी घेर्न आएको प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गरेका छन् । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।  

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…