दाना बोकेको ट्रकले गाँजा ओसारेपछि

पुष्पराज अधिकारी
मकवानपु । प्रहरीले दाना लोड भएको ट्रकबाट एकसय २० केजी गाँजा बरामद गरेको छ ।

चितवनबाट बिजय नामक कुखुराको दाना लोड गरी बाराको परवानीपुर लैजादै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकबाट प्रहरीले गाँजा बरामद गरेको हो ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा मकवानपुर प्रहरी टोलीले हेटौंडा–३ लेवटबाट ट्रकमा दानाको तल लुकाएर लाँदै गरेको अबस्थामा ११ पोकामा कुल एकसय २० केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिँहले बताउनुभयो ।

प्रहरीले गाँजासहित ट्रकका मालिकसमेत रहेका चालक राक्सीराङ–३ का सुकलाल थिङ र सहचालक नमराज दर्जीलाई पक्राउ गरिएको उपरिक्षक सिँहले बताउनुभयो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि एकलाखसम्म जरिवाना र ट्रक समेत जफत हुने गरी मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीले सवारीसाधनमा लुकाएर लाँदै गरेको अवस्थामा दैनिकजसो गाँजासहित विभिन्न व्यक्तिलाई पक्राउ गर्ने गरेको छ । तरपनि गाँजा तस्करले प्रहरीलाई समेत झुक्याएर विभिन्न उपाय अपनाउने गरेको पाइएको छ ।

पछिल्लो समय गाँजा तस्करीका लागि उच्च ओहदाका व्यक्ति सवार गाडी, एम्बुलेन्स, तेल ट्याङ्कर लगाएत मालबाहक गाडीमा गाँजा तस्करी गरेकाे पाइएको प्रहरी उपरीक्षक सिँहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…