Logo मंसिर ११, २०७७ बिहीबार


मध्यराति गाउँपालिका अध्यक्षको घरमा बम बिस्फोट

विद्यानन्द राम
सप्तरी । बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा अज्ञात समूहले प्रेसर कुकर बम बिस्फोट गराएको छ ।

शुक्रवार मध्यराती भएको बम बिस्फोटले अध्यक्ष गोइतका काका ६२ वर्षीय श्यामानन्द गोइत घाइते भएका छन् ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिद्वारा गराइएको विस्फोटमा बमको छर्रा लागेर गोइत समान्य घाइते भएका छन् ।

कुर्सी, दराज लगायत फर्निचरका सामानमा सामान्य क्षति पुगेको छ । त्रास फैल्याउन गराइएको घटनाको भर्त्सना गर्दै अध्यक्ष गोइतले संलग्नलाई कानुनी दायरामा ल्याई काराबाही गर्नुपर्ने बताएका छन् ।

घटनास्थल पुगेका प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र बिष्टका अनुसार संलग्नको खोजी भइरहेको छ ।

यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बम बिष्फोटको जिम्मेबारी लिदै गाउँपालिकाका अध्यक्ष भ्रष्ट भएकाले चेतावनी स्वरुप बम बिष्फोट गराइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…