एक कल फोन आएन : सांसद नवीना (भिडियोसहित)

खेम बम

काठमाडौं । अनेरास्ववियुकी निवर्तमान अध्यक्ष एवम् सांसद नवीना लामाले जनवर्गीय संगठनको एकता प्रक्रिया अनुसार नै भएको तर्फ संकेत गर्नुभएको छ । विधि र प्रक्रिया नमिलेको भन्दै विद्यार्थीबीच असन्तुष्टि चुलिएका बेला सांसद लामाले स्वभाविक प्रक्रियालाई आत्मसात गर्नुपर्ने बताउनुभयो । बृहत्त संगठनमा अध्यक्ष बन्न धेरैजना लायक र सक्षम भएको भन्दै उहाँले पार्टीको निर्णयलाई आत्मसात गर्दै नहतारिन विद्यार्थी नेतालाई आग्रह गर्नुभयो ।

एक प्रसंगमा सांसद लामाले लामो समय विद्यार्थी संगठनमा रहेको काम गरेको भएपनि नयाँ एकिकृत नेतृत्व आउँदा आफूलाई नसोधिएको प्रति दुःख व्यक्त गर्नुभयो । लामाले भन्नुभयो, ‘माउ पार्टीले विचार र मेरो भावना बुझेरै निर्णय लिएको हुनुपर्छ, म सांसद भएपछि विद्यार्थी संगठनमा बस्ने थिएन । तैपनि एक कल फोन गरिदिएको भए राम्रो हुन्थ्यो ।’ सांसद लामाले आगामी दिनमा पार्टीले यस्ता गल्ति नदोहो¥याउन समेत आग्रह गर्नुभयो ।

जनता टेलिभिजनसँग कुरा गर्दै उहाँले सांसद भएपछि सिंगो राष्ट्र, महिला, बालबालिकाको बिषयमा चिन्तित हुनुपर्ने भन्दै युवा नेतृत्वले केही गर्नुपर्छ भन्ने भावना पलाएको बताउनुभयो । महिलाका समस्या केही मात्रामा अझै उस्तै रहेको बताउँदै उहाँले विद्यार्थी संगठनमा जस्तै पार्टीमा जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।