उल्टोतिर मुटु, झस्किए डाक्टर

हेडसरकै मुटुमा प्वाल

नु भुसाल
नवलपुर । मानिसको मुटु बायाँतिर हुन्छ । तर वुलिङटारमा भने एक व्यक्तिको मुटु दायाँतिर भेटिएको छ । 

वुलिङटार गाउँपालिकाकाे वडा नम्बर ५ स्थित भदौरी गाउँका बेलबहादुर पुलामीकाे  मुटु दायाँपट्टी भएको पाइएको छ। भदौरी गाउँमा आयोजित ‘स्वास्थ्य शिविर’मा परीक्षण गर्दा उहाँको मुटु दायाँपट्टी रहेको थाहा भएको हो ।

भदौरीमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अमिर खानसहितको चिकित्सक टोलीले गाउँका बासिन्दाको मुटु परीक्षण गरेका थिए । गाउँका बासिन्दाको मुटु पहिलो पटक इको मेशिनबाट परीक्षण गरिएको हो ।

परीक्षणको क्रममा ५८ वर्षीय पुलामीको मुटु जब दायाँपट्टी रहेको थाहा पाएपछि चिकित्सक समेत अचम्म परे । ‘गाउँका बासिन्दाको मुटुको अवस्था कस्तो छ भनेर जाँच्न आएको उहाँको मुटु दाहिनेतिर पो भेटियो’ डा खानले भन्नुभयो, ‘ दाहिनेतिर मुटु हुनु भनेको डेस्टोकाडिया हो । आत्तिनु पर्दैन । छातीमा बायाँतिर मुटु हुनेले त्यता बढी ख्याल गर्छन् । उहाँको दायाँपट्टी रहेछ । दायाँतिर बढी ख्याल गर्नुपर्ने हुन्छ । यस्तो थोरै मानिसमा हुन्छ ।’

पुलामीले पनि आफ्नो मुटु दायँतिर रहेको बल्ल थाहा पाएको बताउनु भयो ।  ‘रोगले नचाप्दासम्म अस्पताल आइदैन’ उहाँले भन्नुभयो, ‘दम छ । हातखुट्टा सुनिन्छ । त्यही भएर मुटु जाँचेको, अरुको बायाँतिर हुन्छ तर मेरो त दाहिनेतिर रहेछ । डाक्टर जता भए पनि केही हुँदैन भन्नु भएको छ । अब चाँहि बेलाबेलामा जचाइरहनु पर्ला ।’ गाउँको उदय माध्यमिक विद्यालयमा पहिलो पटक भएको शिविरमा गाउँमा १ हजार २ सय भन्दा बढीले मुटुजाँच गराएका छन् ।

हेडसरको मुटुमा प्वाल

परीक्षणको क्रममा प्रधानाध्यापक रामनारायण गुप्ता मुटुमा प्वाल भेटिएको छ । ५४ वर्षीय गुप्ताले मुटुमा प्वाल रहेको बल्ल थाहा पाएकाे बताउनु भयाे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।