Logo मंसिर ११, २०७७ बिहीबार


प्रचण्ड भ्रष्टाचारीको नायकः बिजुक्छे

नारायण थापा
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रचण्ड भ्रष्टाचारीको नायक भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बिजुक्छेले प्रचण्डको विवाहको पचासौं वर्षको वर्षगाँठमा पप्पु कन्सट्रक्सनको पैँसाले पाँचतारे होटलमा भोज खुवाएसँगै उहाँ भ्रष्टचारको नायक भएको आरोप लगाउनुभयो ।

बिजुक्छेले भ्रष्टाचारको मुख्य अखडा शितल निवास, बालुवाटार र सिंहदरवार हो भन्दै ठग र दलालको घेरामा रहेर भइरहेको निरन्तर कामकै कारण भ्रष्टाचारको अखडाका रुपमा यी क्षेत्र परिचित बनेको बताउनुभयो ।

‘ओली र प्रचण्डको पूँजीवादी व्यवस्थाले व्यक्ति धनी हुने प्रतिस्पर्धाकै कारण सिंहदरबार, बालुवाटार र शितल निवासमा निरन्तर भइरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ’, बिजुक्छेले भन्नुभयो । ‘सिंहदरवारको अधिकार गाउँ गाउँ भन्ने नारा निरन्तर भइरहेको भ्रष्टाचारले प्रमाणित गरेको छ ।’
‘सरकारको आचरणलाई नियाल्ने हो भने गरिबका लागि कुनै काम नगरी सबै धनीको हितमा भएकाले यो सरकार नाम मात्रको कम्युनिष्ट सरकार हो ।’ बिजुक्छेले भन्नुभयो, ‘संसदमा दर्ता गरिएको मिडिया बिधेयक सरोकारवालासँग परामर्श नगरि एकोहोरो रुपमा ल्याउनु गलत हुन्छ, यसले नागरिकको मौलिक अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…