Nic

रित्तो ढुंग्रो मात्र देखाउने जोगीलाई कसैले दान गर्दैन : डा. पौडेल (भिडियोसहित)

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका कार्यकारी निर्देशक तथा अर्थविद् डा. रमेश पौडेलले नेपालमा वैदेशिक पूँजी भित्र्याउन लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउनु भएको छ । मुलुकको दक्ष श्रमशक्ति, वित्तिय संघसंस्थालाई जनतामैत्री बनाउनुपर्ने भन्दै उहाँले अर्थतन्त्रलाई बलियो बनाउने आधारहरु खडा गर्नुपर्ने औल्याउनुभयो । स्वदेशमा लगानी भित्र्याउन विदेशी लगानीकर्तालाई पत्याउने सहज वातावरण हुनुपर्नेमा डा. पौडेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘रित्तो ढुंग्रो देखाएर जोगीलाई कसैले दान गर्दैन, ढुंग्रोमा दुईचार पैसा जम्मा हुनैपर्छ ।’

नेपालको भौगोलिक अवस्थालाई मध्येनजर गर्दै स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने उहाँको जोड छ । नेपालका लागि व्यापारका आयामहरुलाई पहिल्याउँदै एकलौटी व्यापार व्यवस्थापन गर्नुपर्ने पौडेलको भनाइ छ । अरु मुलुकसँग नभएका पर्यटकीय सम्पदा र स्वदेशी वस्तु नेपालको एकलौटी व्यापार बन्न सक्ने उहाँको दाबी छ । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने नेपालको क्षमतालाई विकास गर्न यहाँका प्राकृतिक सम्पदाको भरपुर उपयोग र संरक्षण गर्नुपर्ने डा. पौडेलले बताउनुभयो ।

नेपाल कृषिप्रधान मुलुक भएकाले यस क्षेत्रलाई सेवासँग जोड्नुपर्ने उहाँको सुझाव छ । कृषिलाई पर्यटन, हाइड्रोलगायतका क्षेत्रसँग जोड्नुपर्ने उहाँको धारणा छ । स्वदेशी लगानीलाई परिचालन गर्न नसके विदेशी लगानी भित्र्याउन सकसपर्ने उहाँले बताउनुभयो । मुलुकमा सञ्चालित उद्योगधन्दा, कलकारखाना, आयोजनालाई व्यवस्थित गर्नुपर्ने बेला आएको डा. पौडेलले बताउनुभयो ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट पेन गनसहित पक्राउ परेका हुन् ।